कानुन

प्रचण्ड सरकार को फिल्म ललिता निवास बाट सुरु


erastriya मंगलबार, असार १२, २०८०


 

नक्कली भुटानी शरणार्थी प्रकरण

 भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा चलाएको थियो । त्यसमध्ये १८ जना पक्राउ परेका थिए । 

पक्राउ परेकामध्ये लक्ष्मी महर्जन र टंक गुरुङ क्रमश: ५ लाख र १० लाख धरौटीमा छाड्दै बाँकीलाई काठमाडौं जिल्ला अदालतले मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि थुनामा पठाइसकेको छ ।

फरार १२ मध्येका बुढाथोकी पनि हुन् । पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा निरजसहित ११ जना अझै फरार छन् ।

 

ललिता निवास प्रकरण

मंगलबार एकाएक भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ परेको खबर बाहिरियो।

केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो। 

काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा उनी पक्राउ परेका हुन्। उनी पक्राउ परे पनि ब्युरोले आधिकारिक रूपमा जानकारी दिएको थिएन। गुरूङ यस प्रकरणमा दोस्रो पटक पक्राउ परेका हुन्।

यसअघि उनीविरूद्ध विशेष अदालतमा ३९ करोड २७ लाख ६८ हजार भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो। त्यतिबेला उनले ३ करोड धरौटी तिरेर छुटेका थिए। 

गुरूङ पक्राउ परेको केही समयपछि एकाएक अरू व्यक्ति पनि पक्राउ परे। 

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसीलाई पनि ब्युरोले पक्राउ गरेको थियो।

यता पूर्वनिर्वाचन आयोगका आयुक्त सुधीरकुमार शाह पनि पक्राउ परेका छन्। उनी त्यसअघि मालपोत कार्यालयमा अधिकृत समेत थिए। प्रहरीका अनुसार उनकी श्रीमतीको नाममा समेत जग्गा नामसारी भएको देखिएको छ।

ब्युरोको टोलीले मंगलबार अपरेसन नै चलाएर ७ जनालाई पक्राउ गरेको हो। यसबारे ब्युरोले बुधबार सार्वजनिक गर्ने तयारी समेत गरेको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको फैसला आज आउदै
संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको फैसला आज आउदै

असार १८, २०८२

कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग
कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

असार १७, २०८२

रविन्द्र मिश्रलाई तीन लाख धरौटीमा छोड्ने आदेश
रविन्द्र मिश्रलाई तीन लाख धरौटीमा छोड्ने आदेश

असार ०३, २०८२

धवलशमशेरलाई तीन लाख धरौटीमा छोड्न आदेश
धवलशमशेरलाई तीन लाख धरौटीमा छोड्न आदेश

असार ०२, २०८२

ताजा अपडेट

  • सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि

    सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट …

  • भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

    भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

  • आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

    आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास …

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

  • कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत…

  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

    अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्य…