समाचार

जलहरीको करिब १० केजी सुन गायब भएको पुष्टि


erastriya सोमबार, असार ११, २०८०

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरिको तौल १०७ किलो ४७ ग्राम पुष्टि भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जलहरीको तौल लिएको हो । आइतबार अख्तियारले भक्तजनलाई मन्दिर प्रवेशमा रोक लगाइएको थियो भने सुरक्षाका लागि नेपाली सेना तैनाथ गरिएको थियो । सुन जोख्ने समयमा गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभागका अधिकारी र सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिसमेत पशुपति पुगेका थिए ।

पशुपतिमा जलहरि राख्न नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७९३ ग्राम सुन खरिद गरिएको थियो । यस्तै २ किलो ८ सय ८८ ग्राम तामा, १ किलो २ सय ५३ ग्राम चाँदी र १२ ग्राम ७५ मिलिग्राम जिन्क राखिएको थियो ।

यस्तै १० किलो ९ सय ७६ ग्रामको रिङ हालिएको थियो । महालेखा परीक्षकको प्रतिवेदनले रिङ बनाउने काममा प्रयोग भएको सुनको परिमाणमा कैफियत देखिएको उल्लेख गरेको थियो । सबै गर्दा करिब १० केजी जति सुन हराएको देखिएको छ । जलहरीमा राख्न किनिएको ९ केजी सुन हराएको भन्दै प्रतिनिधिसभामा माओवादी सांसद लेखनाथ दाहालले प्रश्न उठाएका थिए ।

दाहालको अभिव्यक्तिमा प्रमुख प्रतिपक्षी एमालेले प्रश्न उठाउँदै संसदको रेकर्डबाट हटाउन दबाब दिएको थियो । दाहालको अभिव्यक्ति रेहर्डबाट नहटाइए बजेट अधिवेशन चल्न नदिने एमालेको चेतावनीपछि सत्तापक्ष उनको अभिव्यक्ति हटाउन तयार भएको थियो ।

सोमबार मात्र प्रतिनिधिसभा बैठकमा बोल्दै काँग्रेस सांसद् प्रदीप पौडेलले जलहरी प्रकरणमा दाहालले बोलेका विषय रेकर्डबाट हटाइनु गल्ती भएको भन्दै उक्त प्रकरण छानबिनका लागि संसदीय समिति गठनको माग गरेका थिए 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र- एडीबीको ऋण स्वीकार छैन
हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र- एडीबीको ऋण स्वीकार छैन

१२ घण्टा अघि

निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई
निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

असार १७, २०८२

गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?
गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

असार १७, २०८२

जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त
जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त

असार १६, २०८२

ताजा अपडेट

  • रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

    रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

  • हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र- एडीबीको ऋण स्वीकार छैन

    हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र- एडीबीको ऋण स्व…

  • सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले तिमीलाई सम्झनेछौं !

    सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले त…

  • हुदै नभएको विद्यालयको भवन बनाएको विवरण पेश गरि भ्रष्टाचार, चार जनाविरुद्ध मुद्धा दायर

    हुदै नभएको विद्यालयको भवन बनाएको विवरण पेश गरि भ्रष्…

  • रास्वपाको सचिवालयको बैठक बस्दै

    रास्वपाको सचिवालयको बैठक बस्दै

  • श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्बाको ह्याट्रिक

    श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्…

  • नेपालमा एमसीसीले निरन्तरता पाउने

    नेपालमा एमसीसीले निरन्तरता पाउने

  • कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

    कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ