अख्तियारको टोली पशुपतिमा, आरतीलगत्तै जलहरीको तौल लिइने
पशुपतिनाथ मन्दिरको जलहरीमा प्रयोग भएको सुनको तौल र गुणस्तर जाँच्न प्राविधिकहरूसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर पुगेको छ ।
टोलीमा खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू छन् ।
मन्दिर परिसर खाली गराइएको छ भने नेपाली सेनाको टोली पनि पशुपति परिसरमा पुगेको छ । सेनाले तौल तथा गुणस्तर जाँचमा सहजीकरण गर्नेछ ।
मन्दिर क्षेत्रमा पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर पशुपतिका सबै ढोका लगाइएको छ ।
प्रतिकिर्या