तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएका प्रतीकविरुद्ध आइतबार पुर्जी जारी भएको हो ।
निर्मला प्रकरणमा प्रतीकको नाम जोडिए पनि उनीमाथि प्रहरीले कहिल्यै अनुसन्धान गरेन । संसद बैठकमा सांसदहरुले समेत उनीमाथि अनुसन्धान हुनुपर्ने माग गरेका थिए ।
यसअघि प्रतिकले विज्ञप्ति जारी गरेर आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका थिए ।
नक्कली शरणार्थीप्रकरणमा जोडिएका कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पनि आइतबार पक्राउ पुर्जी जारी भएको छ ।
नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण प्रकाउ परिसकेका छन् । पूर्व गृहसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई पनि हिरासतमा छन् । पक्राउ पुर्जी जारी भएका एमाले सचिव समेत रहेका तत्कालिन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा निरज राई फरार छन् ।
प्रतिकिर्या