अर्थ/बाणिज्य

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर


erastriya सोमबार, मंसिर ०३, २०८१

 

काठमाडौँ, ३ मङ्सिर : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन भएको छ । विवरणअनुसार, अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ । यूरोपियन यूरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्री दर एक सय ४२ रुपैयाँ ६७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिद दर एक सय ७० रुपैयाँ चार पैसा र बिक्री दर एक सय ७० रुपैयाँ ८० पैसा निर्धारण भएको छ । केन्द्रीय बैंकले स्वीस फ्याङ्क एकको खरिद दर एक सय ५१ रुपैयाँ ७३ पैसा, बिक्री दर एक सय ५२ रुपैयाँ ४० पैसा, अष्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ सात पैसा, बिक्री दर ८७ रुपैयाँ ४६ पैसा निर्धारण भएको जनाएको छ । क्यानेडियन डलर एक को खरिद दर ९५ रुपैयाँ ६२ पैसा, बिक्री दर ९६ रुपैयाँ पाँच पैसा, सिङ्गापुर डलर १ को खरिद दर एक सय रुपैयाँ ३५ पैसा, बिक्री दर एक सय रुपैयाँ ७९ पैसा बराबर रहने गरी विनिमयदर तय गरेको छ । यस्तै, जापानी येन १० को खरिद दर आठ रुपैयाँ ७३ पैसा, बिक्री दर आठ रुपैयाँ ७७ पैसा तय भएको छ । चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६३ पैसा, बिक्री दर १८ रुपैयाँ ७१ पैसा, साउदी रियाल एक को खरिद दर ३५ रुपैयाँ ९१ पैसा, बिक्री दर ३६ रुपैयाँ सात पैसा, कतारी रियाल एक को खरिद दर ३६ रुपैयाँ ९६ पैसा, बिक्री दर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ । यस्तै, थाई भाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा, बिक्री दर तीन रुपैयाँ ८९ पैसा, यूएई दिराम एक को खरिद दर ३६ रुपैयाँ ६८ पैसा, बिक्री दर ३६ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ । मलेसियन रिङ्गेट एकको खरिद दर ३० रुपैयाँ १४ पैसा, बिक्री दर ३० रुपैयाँ २७ पैसा, दक्षिण कोरियाली वन १०० को खरिद दर नौ रुपैयाँ ६५ पैसा र बिक्री दर नौ रुपैयाँ ७० पैसा निर्धारण भएको छ । स्वीडिस क्रोनर एकको खरिद दर १२ रुपैयाँ २७ पैसा, बिक्री दर १२ रुपैयाँ ३३ पैसा, डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ चार पैसा र बिक्री दर १९ रुपैयाँ १३ पैसा, हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ३१ पैसा र बिक्री दर १७ रुपैयाँ ३८ पैसा तय गरेको छ । यस्तै, कुवेती दिनार एकको खरिद दर चार सय ३८ रुपैयाँ एक पैसा र बिक्री दर चार सय ३९ रुपैयाँ ९६ पैसा र बहराइन दिनार एक को खरिद दर तीन सय ५७ रुपैयाँ ४७ पैसा र बिक्री दर तीन सय ५९ रुपैया छ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेवसाइटमा उपलब्ध हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एउटै व्यक्तिले फलाए चार सय मुरी धान
एउटै व्यक्तिले फलाए चार सय मुरी धान

१ दिन अघि

पूर्वी चितवनका दुई पालिकालाई दूध ‘जोन’का रुपमा घोषणा गरे
पूर्वी चितवनका दुई पालिकालाई दूध ‘जोन’का रुपमा घोषणा गरे

१ दिन अघि

अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

१ दिन अघि

रामपुरका खेतबारीमा झुसिल्किराको प्रकोप
रामपुरका खेतबारीमा झुसिल्किराको प्रकोप

१ दिन अघि

ताजा अपडेट

  • विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

    विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

  • नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

    नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

  • यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

    यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

  • स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

    स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

  • जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का

    जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का

  • गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला’ सुरु

    गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला’ सुरु

  • काठमाडौँमा सात देशको कला प्रदर्शनी

    काठमाडौँमा सात देशको कला प्रदर्शनी

  • ‘मानसिक स्वास्थ्य सम्बन्धी समस्या समाधानमा सबै पक्ष गम्भीर हुनुपर्ने’

    ‘मानसिक स्वास्थ्य सम्बन्धी समस्या समाधानमा सबै पक्ष गम्भीर हुनुपर्ने’