खेलकुद

साफ च्याम्पियनसिप : भारतीय भूमिमा भारतकै सामना  ‘गर या मर’


erastriya शनिबार, असार ०९, २०८०

साफ च्याम्पियनसिप २०२३ ले जुराएको यो यस्तो खेल हुनेछ, जसले प्रतियोगितामा नेपालको भाग्य कोर्ने छ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले ठीकै भनेका छन्, यो ‘फाइनल’ जस्तै खेल हो । 

आफूअनुकूल नतिजा निकाल्ने हो भने मात्र नेपालले अन्तिम खेलमा पाकिस्तानको सामना गर्दा त्यसको कुनै अर्थ रहनेछ । समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन भारत र आमन्त्रित कुवेत समान ३ अंक बटुल्दै शीर्ष दुई स्थानमा छन् ।

शनिबारको पहिलो खेलमा कुवेतले पाकिस्तानको सामना गर्नेछ । त्यसपछि नेपाल भारतसँग भिड्ने छ । कुवेतले पाकिस्तानविरुद्धको खेलमा कस्तो नतिजा निकाल्ने हो, त्यसको कुनै न कुनै प्रभाव साँझ हुने खेलमा पर्नेछ । प्रचलित भाषामा भन्दा नेपालको स्थिति ‘गर या मर’ जस्तै छ ।

अञ्जन कीर्तिमान नजिक

नेपालले भारतको सामना गर्दाका एक प्रमुख खेलाडी अञ्जन विष्ट रहनेछन् । अझ नेपालले सबैभन्दा विश्वास गर्ने खेलाडी भन्नु नै उनी नै हुन् । कुवेतविरुद्ध उनले गरेको गोल १२ औं रह्यो । उनी नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी सूचीमा दोस्रो स्थानमा छन् । उनले भन्दा बढी गोल दुई खेलाडीमा हरि खड्का र नीराजन रायमाझी छन् । उनीहरू दुवैले समान १३ गोल गरेका छन् । नेपालले यसपल्टको साफ च्याम्पियनसिपमा दुई खेल खेल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह
त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

चैत ०६, २०८१

साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक
साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

चैत ०४, २०८१

प्रथम आइजिपी कप पुरूष क्रिकेट प्रतियोगिता सुरू
प्रथम आइजिपी कप पुरूष क्रिकेट प्रतियोगिता सुरू

फागुन २७, २०८१

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी
प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

फागुन २६, २०८१

ताजा अपडेट

  • त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

    त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानम…

  • दिक्तेल रुपाकोट को मेरुङमा भेटियो विश्वमा दुर्लभ मानिएको रेडपाण्डा

    दिक्तेल रुपाकोट को मेरुङमा भेटियो विश्वमा दुर्लभ मान…

  • गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने प्रदेश सरकारको प्रतिबद्धता

    गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने प्रदेश सरकारको प्…

  • साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

    साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

  • सिञ्जा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्न अध्ययन गरिँदै

    सिञ्जा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्न अध्ययन गरिँदै

  • करिब बीस करोड रकमसहित एक जना पक्राउ

    करिब बीस करोड रकमसहित एक जना पक्राउ

  • पूर्व विशिष्टलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छ : गृहमन्त्री लेखक

    पूर्व विशिष्टलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त …

  • ‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

    ‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने