समाचार

युक्रेनमा ‘आकस्मिक विद्युत कटौती’ को घोषणा


erastriya आइतबार, मंसिर ०२, २०८१

युक्रेनले किएभ क्षेत्र र पूर्वका अन्य दुई स्थानमा ‘आकस्मिक विद्युत् कटौती’ को घोषणा गरेको छ।

रूसले ऊर्जा ग्रिडमा ‘व्यापक’ हवाई आक्रमण गरेका बताउँदै आइतबार युक्रेनको ऊर्जा अपरेटर डीटीईकेले किएभ र पूर्वी क्षेत्रका दुई स्थानमा ‘आकस्मिक विद्युत् कटौती’ हुने जानकारी गराएको हो ।

डीटीईकेद्वारा सामाजिक सञ्जाल टेलिग्राममा जारी एक विज्ञप्तिमा भनिएको छ, “किएभ, किएभको बाहिरी क्षेत्र, डोनेट्स्क र डेनिप्रोपेट्रोभ्स्क क्षेत्रमा आपतकालीन विद्युत कटौती गरिएको छ ।

यसअघि युक्रेनका ऊर्जामन्त्री जर्मन गालुश्चेन्कोले टेलिग्राममा भन्नुभएको थियो, “रूसी सेनाले युक्रेनभरिका विद्युत् उत्पादन र प्रसारण सुविधाहरूमा आक्रमण गरिरहेको छ । हाम्रो ऊर्जा प्रणालीमा ठूला आक्रमण जारी छन् ।”

एएफपीका पत्रकारहरूले डोनेट्स्क क्षेत्रको स्लोभियान्स्क नजिकै किएभमा बिहानै विस्फोटको आवाज सुनेका बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले क्षेप्यास्त्र र ड्रोनबाट गरेको हवाई आक्रमणले युक्रेनको ऊर्जा उत्पादन क्षमताको आधा नष्ट भएको बताउनुभएको छ ।

किएभले आफ्नो ऊर्जा ग्रिडको पुनर्निर्माणमा सहयोग गर्न र आफ्ना सेनालाई थप हवाई प्रतिरक्षा हतियार आपूर्ति गर्न आफ्ना पश्चिमी सहयोगीहरूलाई आग्रह गरेको छ। युक्रेनमा कठोर जाडो आउँदै गर्दा ऊर्जाको व्यापक कमी हुनुले युक्रेनीहरूलाई जाडोको समयमा थप कठिनाई हुने देखिएको छ । यूक्रेनका अधिकांश स्थानमा जाडो हुने र हिटर र अन्य न्यानो पार्ने उपकरण र कपडाको प्रयोग आवश्यक हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो
चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो

१ दिन अघि

रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्रहार गरेको दाबी
रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्रहार गरेको दाबी

असार १५, २०८२

युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस
युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस

असार १५, २०८२

युद्धमा मारिएका ६० इरानी सैनिक अधिकारी र वैज्ञानिकहरूको अन्तिम संस्कार
युद्धमा मारिएका ६० इरानी सैनिक अधिकारी र वैज्ञानिकहरूको अन्तिम संस्कार

असार १४, २०८२

ताजा अपडेट

  • निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

    निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना…

  • संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

    संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्न…

  • गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

    गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव …

  • एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

    एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, ने…

  • कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

    कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोष…

  • सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

    सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधे…

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…