खेलकुद

आज नेपालले नेदरल्याण्डको सामना गर्दै जित्नैपर्ने दबाबमा


erastriya शनिबार, असार ०९, २०८०

नेदरल्यान्ड्सविरुद्ध विश्वकप छनोट क्रिकेटमा खेल्दा नेपालले एउटा तथ्य राम्रोसँग बुझेको छ, विजय हात पारेमा सुपर सिक्स प्रवेश लगभग निश्चित । समूह चरणमा शनिबार आफ्नो अन्तिम खेल खेल्दा नेपाली टोली यही परिस्थितिअनुसार खेल्ने पक्का छ । 

जिम्बावेमा भइरहेको प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्स दुवैले १–१ खेलमा विजय हात पारेका छन् । नेदरल्यान्ड्सले थप एक खेल खेल्न बाँकी छ । नेदरल्यान्ड्स र वेस्ट इन्डिज तथा घरेलु टोली जिम्बावे र अमेरिकाबीच सोमबारको खेलपछि समूह ‘ए’ को खेल टुंगिने छ ।

तर, त्यसअगाडि नै नेपाल र नेदरल्यान्ड्सबीचको खेलबाट सुपर सिक्समा पुग्ने एक टोलीको लगभग तय हुनेछ । जसले यो खेल जित्छ त्यही नै अर्को चरणमा पुग्नेछ । नेदरल्यान्ड्सको हकमा नेपाललाई पराजित गरेमा टोलीको सुपर सिक्स यात्रा पक्का नै हुनेछ भने नेपालको हकमा जित पाए पनि नेदरल्यान्ड्स र वेस्ट इन्डिजबीचको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।

पहिलो खेलमा जिम्बावेसँग पराजित भए पनि अमेरिकासँग खेलमा विजय हात पारेपछि नेदरल्यान्ड्स राम्रो रनरेटका आधारमा नेपाललाई पछाडि पार्दै समूह ‘ए’ को तेस्रो स्थानमा उक्लिएको थियो । पहिलो दुवै खेलमा विजय हात पार्दै वेस्ट इन्डिज र जिम्बावे शीर्ष दुईमा छन् । नेपाल पनि पहिलो खेलमा जिम्बावेसँग नै पराजित भएको थियो । त्यसपछि अमेरिकामाथि विजय हात पारेको नेपाल अघिल्लो खेलमा वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएको हो ।

जिम्बावेविरुद्ध ३१५–६ को स्कोर बनाए पनि नेदरल्यान्ड्स पराजित भएको थियो । इंग्लिस काउन्टी क्रिकेटसँगको प्रतिबद्धताका कारण फ्रेड क्लासेन, पाल भान मिकेरेन, कोलिन अकरमन र ब्रान्डन ग्लोभर नेदरल्यान्ड्स टोलीमा छैनन् । गत वर्ष नेदरल्यान्ड्सले ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकालाई पराजित गर्दा यी खेलाडी डच टोलीका पहिलो पाँच बलर थिए । अर्का दुई अनुभवी सिमर शेन स्नाटर र टिम भान डेर गुगटेनलाई पनि काउन्टी टोलीले जिम्बावे जान रोकेको छ ।

उनीहरूको अनुपस्थितिमा पनि नेदरल्यान्ड्सले अघिल्लो खेलमा अमेरिकालाई २११–८ को स्थितिमा रोकेको थियो । कप्तान स्कट एड्वार्डसले अविजित ६७ रन बनाउँदै नेदरल्यान्ड्सलाई जित दिलाएका थिए । जिम्बावे पुग्नुअघि नेदरल्यान्ड्स र नेपाल दुवै दक्षिण अफ्रिकामा प्रशिक्षणका लागि पुगेका थिए । त्यहाँ खेलिएको अभ्यास खेलमा नेदरल्यान्ड्सले नेपाललाई ५ विकेटले पराजित गरेको थियो ।

तर, नेपालले जिम्बावेमा विश्वकप छनोटमा उच्च प्रदर्शन गर्दै आएको छ । जिम्बावेसँग २ सय ९० रन बनाएको नेपालले अमेरिकालाई दोस्रो खेलमा २ सय ७ रनमा अलआउट गरेको थियो । वेस्ट इन्डिजविरुद्धको अघिल्लो खेलमा ३ सय ४० रनको विजय लक्ष्य पछ्याउनेक्रममा नेपालले २ सय ३८ रन जोडेको थियो ।

नेपालले सन् २०१८ मा जिम्बावेमै भएको पछिल्लो विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न नेपाललाई नेदरल्यान्ड्सले नै दुई खेलको शृंखलाका लागि निम्तो गरेको थियो । त्यसक्रममा एमस्ट्रार्डममा नेदरल्यान्ड्सविरुद्ध सन् २०१८ को अगस्ट १ मा खेल्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको थियो ।

तर, नतिजा नेपालको विपक्षमा ५५ रनले आएको थियो । अर्को खेलमा पारस खड्काले सानदार अलराउन्ड प्रदर्शन गरेपछि नेपालले नेदरल्यान्ड्समाथि १ विकेटको विजय हात पार्दै शृंखला १–१ को बराबरीमा टुंग्याएको थियो । त्यसमा नेपालका वर्तमान कप्तान रोहित पौडेलले ‘डेब्यु’ गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अब जम्मा ५ चौकाले बनाउनेछ कोहलीलाई १२०० चाैका हान्ने पहिलाे एसियन क्रिकेटर
अब जम्मा ५ चौकाले बनाउनेछ कोहलीलाई १२०० चाैका हान्ने पहिलाे एसियन क्रिकेटर

जेठ १३, २०८२

जोकोभिचले जिते करियरको १००औं एकल उपाधि
जोकोभिचले जिते करियरको १००औं एकल उपाधि

जेठ १२, २०८२

मेस्सीको इन्टर मियामी हारवाट जोगियो, तालिकाको छैटौं स्थानमा
मेस्सीको इन्टर मियामी हारवाट जोगियो, तालिकाको छैटौं स्थानमा

जेठ १२, २०८२

प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता जेठ १० देखि जिरिखिम्तीमा
प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता जेठ १० देखि जिरिखिम्तीमा

जेठ ०९, २०८२

ताजा अपडेट

  • नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

    नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

  • कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

    कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

  • आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

    आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

  • राजकुमारीको प्रस्ताव ‘रिजेक्ट’ गरेर प्रेमिका रोज्ने फुटबल स्टार कोहुन

    राजकुमारीको प्रस्ताव ‘रिजेक्ट’ गरेर प्रेमिका रोज्ने फु…

  • कपालको विकासका लागि उपयुक्त बदामको तेल

    कपालको विकासका लागि उपयुक्त बदामको तेल

  • सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

    सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट…

  • करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

    करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा…

  • सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भावी आईजीपी बन्ने बाटो खुल्यो

    सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भा…