समाचार

स्पेनको वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु


erastriya शुक्रबार, कात्तिक ३०, २०८१

स्पेनको उत्तरपूर्वी शहर भिल्लाफ्रान्का डी इब्रोको एक वृद्धाश्रममा बिहिबार राति आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

स्पेनी सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार बिहान ५ ः०० बजे आगलागी हुँदा त्यहाँ ८२ जना रहेका थिए । आगलागीको कारण समाचार तयार पार्दासम्म थाहा हुन सकेको छैन ।

वृद्धाश्रमले ‘एक्स’मा एक विज्ञप्ति जारी गर्दै आगलागी र केही व्यक्तिको मृत्युको पुष्टि गरेको छ तर उक्त पोस्टमा थप विवरण उपलब्ध गराइएको छैन। शहरका मेयर भोल्गा रामिरेज गामिजले पत्रकारहरूलाई बताएअनुसार एउटा कोठामा आगलागी भएको तर आगलागीका कारण पूरै निवासभरि धुवाँ फैलिएको थियो।

“भाग्यवश, त्यो कोठामा सुरक्षा ढोका रहेछ र यसका कारण आगो अन्यत्र फैलिनबाट रोकियो, उहाँले भन्नुभयो । अरागोन क्षेत्रका लागि केन्द्रीय सरकारका प्रतिनिधि फर्नान्डो बेल्ट्रानले मृत्युको कारणबारे अनुसन्धान भइरहेको बताउनुभयो । धेरै वृद्धवृद्धाको धुवाँले निस्सासिएर मृत्यु भएको हुन सक्ने उहाँले बताउनुभयो ।

अरागोन सरकारका प्रमुख जर्ज एज्कोनले आगलागी र यसबाट भएको क्षतिबाट आफू स्तब्ध भएको र शोकको सङ्केतका रूपमा सार्वजनिक कार्यक्रम स्थगित गरेको बताउनुभएको छ । जार्डिनेस डे भिल्लाफ्रान्का निवास सन् २००८ मा वृद्धहरूका लागि आवासका रूपमा खोलिएको थियो भने हालै यसलाई मानसिक स्वास्थ्य समस्या भएका वृद्धव्यक्तिहरूलाई राख्नेगरी सुविधाहरू थपिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै
एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

चैत ०३, २०८१

रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार
रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार

फागुन २६, २०८१

North Korea fires missiles as South begins drills with US
North Korea fires missiles as South begins drills with US

फागुन २६, २०८१

परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान
परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान

फागुन २६, २०८१

ताजा अपडेट

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

  • यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु

    यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण…

  • सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

    सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित …

  • त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

    त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानम…