राजनीति

आप्रवासन मुद्दालाई गम्भीरतापूर्वक लिइएको अमेरिकी विदेश मन्त्रालयको भनाइ


erastriya शुक्रबार, कात्तिक ३०, २०८१

संयुक्त राज्य अमेरिकाले आप्रवासनका सवाललाई गम्भीरतापूर्वक लिने तथा प्रक्रियाहरू सुधार गर्न काम गरिरहेको आश्वासन दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले शुक्रबार गरेको पत्रकार सम्मेलनमा प्रमुख उप प्रवक्ता वेदान्त पटेलले आप्रवासनको सवाललाई सम्बोधन गर्दै आप्रवासी भिसा पर्खिरहेका भारतीय अमेरिकीहरूका लागि यस सवालको महत्त्व स्वीकार गर्नुभयो ।

विश्वभरका धेरै मानिसहरूका लागि आगन्तुक भिसा वा औपचारिक कानुनी आप्रवासन च्यानल सवैलाई गम्भीरताका साथ लिई काम जारी राख्ने र आप्रवासनका प्रक्रियाहरू सुधार गर्न सक्ने तरिकाहरू खोज्ने पटेलले बताउनुभयो ।

केही हप्ताअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र वाणिज्यमन्त्री जिना राइमोन्डोले पर्यटक भिसा प्रशोधन प्रक्रियालाई सुव्यवस्थित बनाउने तरिकाहरूबारे स्पष्ट पार्नुभएको थियो ।

भारत–अमेरिका सम्बन्धको प्रशंसा गर्दै विश्व क्षेत्रीय स्थिरतालगायतका कुरामा भारत महत्त्वपूर्ण साझेदार बनेको तथा राष्ट्रपति बाइडेनको कार्यकालमा सम्बन्ध थप सक्षम भएकोमा पटेलले आभार प्रकट गर्नुभयो ।

सन् २०२४ को अमेरिकी चुनावमा आप्रवासन चुनावी अभियानको महत्त्वपूर्ण हिस्सा थियो । भने ट्रम्पको चुनावी अभियानको आधारशिला रहेको सिएनएनले जनाएको छ । ट्रम्पले कागजात विहीन आप्रवासीहरूलाई हटाउनमा ध्यान केन्द्रित गरेको विश्वसनीय स्रोतलाई उद्धत गर्दै सिएनएनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश
अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

१० घण्टा अघि

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने
उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

१६ घण्टा अघि

अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय
अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

असार १८, २०८२

चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो
चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो

असार १६, २०८२

ताजा अपडेट

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

  • कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत…

  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

    अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्य…

  • एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

    एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

  • उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

    उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउ…

  • रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

    रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?