समाचार

सिमेन्ट उत्पादन गर्न अझै डेढमहिना लाग्ने


erastriya शुक्रबार, कात्तिक ३०, २०८१

 

मकवानपुर, ३० कात्तिकः हेटाैँडा सिमेन्ट उद्योगमा बिग्रिएका विभिन्न उपकरणको मर्मतसम्भार गर्ने कामा नसकिएकाले सिमेन्ट उत्पादन गर्न अझै डेढमहिना लाग्ने भएको छ । मर्मतमा आन्तरिक पक्षबाट ढिलाइ हुँदा सिमेन्ट पुनःउत्पादन गर्न अझै डेढमहिना लाग्ने उद्योग व्यवस्थापन कार्यालयले जनाएको छ ।

 

बिग्रिएका उपकरण मर्मत तालिकाअनुसार दसैँअघि सिमेन्ट उत्पादन बन्द गरिएको थियो । हेटाैँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले उद्योगलाई नियमित सञ्चालन गर्नेसम्बन्धमा प्रधानमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई आर्थिक अवस्थाका बारेमा जानकारी गराएको आज राससको कुराकानीमा बताउनुभयो । उहाँले उद्योगमा आइपरेको आर्थिक सङ्कट उत्पादन राेकिएको भन्दै वैकिल्पक आर्थिक स्रोत जुटाएर कच्चापदार्थ, कोइला आपूर्ति गरी सञ्चालन गरिने बताउनुभयो ।

 

महाप्रबन्धक पाण्डेले उद्योगमा रहेका प्राविधिक जनशक्तिबाट विभिन्न उपकरणको ममर्तसम्भार गर्ने र आवश्यकताअनुसार नयाँ उपकरण जडान गरी सिमेन्टको उत्पादन गर्ने दृढता व्यक्त गर्नुभयो । उहाँले हाल उद्योगमा करिब आठ सय उत्पादित बोरा सिमेन्ट जगेडा रहेको भन्दै सो सिमेन्टलाई काठमाडौँसहित विभिन्न जिल्लाका डिलरमार्फत खपतको प्रयास भइरहेको जानकारी दिनुभयो ।

अहिले उद्योगमा करिब नौ सय मेट्रिकटन कोइला भण्डारणमा जगेडा राखिएको जनाउँदै महाप्रबन्धक पाण्डेले बाँकी अपुग पाँच हजार मेट्रिकटन कोइला खरिद गर्न उद्योग व्यवस्थापनले बोलपत्र आह्वान गर्ने तयारी गरिरहेको बताउनुभयो । करिब चार दशक पुरानो उद्योगलाई नयाँ प्रविधिबाट सञ्चालनमा ल्याउन नसकिपछि उद्योग बन्द हुने अवस्थामा आएकाले सङ्घीय सरकारसँग आर्थिक अनुदान उपलब्ध गराउनुपर्ने मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ताले आग्रह गर्नुभयो ।

 

विसं २०३३ मा हेटौँको लामसुरेमा तत्कालीन श्री ५ को सरकारले हेटौँडा सिमेन्ट उद्योगको स्थापना गरेको थियो । उद्योगलाई तत्कालीन सरकारले रु एक अर्ब ५० करोड रकम उपलब्ध गराइएको थियो । उद्योगले विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिक रूपमा सिमेन्ट उत्पादन गरी विभिन्न सहरमा आपूर्ति गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न
अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

असोज ०३, २०८२

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

ताजा अपडेट

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…