खेलकुद

नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँ


erastriya बिहीबार, कात्तिक २९, २०८१

 

काठमाडौँ, २९ कात्तिकः नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँछ । सन् २०२५ मा मलेसियामा हुने विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको टोली आज स्वदेश फर्कन लागेको हो ।

यू–१९ महिला क्रिकेट टोली साँझ सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाल क्रिकेट सङ्घ ९क्यान० का प्रवक्ता छुम्बी लामाले जानकारी गराउनुभयो । उहाँले टोलीलाई विमानस्थलमा स्वागतका लागि तयारी भइरहेको समेत बताउनुभयो । युनाइटेड अरब इमिरेट्स ९युएई० मा भएको आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।

एसिया छनोटका छ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा नेपाल पराजित भएको थियो । त्यस्तै यू–१९ महिला क्रिकेट टोलीले आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा सहभागी जनाउनेछ ।

 

एसिया कपमा नेपालसहित छ टोलीको सहभागिता रहने छ । एसियाली क्रिकेट परिषद् ९एसीसी० अनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र मलेसिया छन् । नेपालले आगामी पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिष्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने
टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

साउन १६, २०८२

पोर्चुगलका २५ बर्षिय अट्याकिङ मिडफिल्डर जोआओं फेलिक्स अल नासर जाने निश्चित
पोर्चुगलका २५ बर्षिय अट्याकिङ मिडफिल्डर जोआओं फेलिक्स अल नासर जाने निश्चित

साउन १२, २०८२

एएफसी यू-२० महिला एसियान कप छनोट खेल्ने नेपाली टिमको घोषणा
एएफसी यू-२० महिला एसियान कप छनोट खेल्ने नेपाली टिमको घोषणा

साउन १२, २०८२

त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिको काम द्रुत गतिमा (फोटो फिचर)
त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिको काम द्रुत गतिमा (फोटो फिचर)

साउन १२, २०८२

ताजा अपडेट

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…