समाचार

नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो


erastriya बिहीबार, कात्तिक २९, २०८१

काठमाडौँ, २९ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सांसद, जनप्रतिनिधिलगायतसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र काम सुरु नभएमा बाध्यतावश ठेक्का तोड्नुको विकल्प नहुने बताउनुभयो ।

विश्वसनीयरुपमा काम गर्छ भने जिम्मेवारी लिएको निर्माण कम्पनीलाई काम लगाउन उचित हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले काम गर्ने जिम्मा लिएर २८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्छ भन्नुभयो ।

“जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाले लामो समयदेखि कष्टपूर्णरुपमा धुलो–मैलोमा बस्नुपरेको छ । आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस विषयलाई गम्भीरताका साथ लिएर सरकारका सम्बन्धित निकायले काम गनुपर्ने देखिन्छ । यसमा मेरो पनि गम्भीर ध्यान गएको छ । हामी निर्णायक कदम चाल्नुपर्ने अवस्थामा पुगेका छौँ ।”


नवलपरासी (सुस्ता पूर्व) का जिल्ला समन्वय प्रमुख भगौती यादव रुदलले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउनुभएको थियो । चाइना स्टेट कम्पनीसँग उक्त सडक खण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो । सो सडक खण्डको हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको बताइएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, भूमी व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी, भौतिक मन्त्रालयका सचिव केशव शर्मालगायत सहभागी हुनुहुन्थ्यो । भौतिक मन्त्री दाहालले निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि काम सुरु हुन नसकेको र आउँदो डिसेम्बर अन्त्यसम्ममा काम सुरु गर्ने आश्वासन प्राप्त भएको जानकारी गराउनुभयो । सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सुकुम्बासी समस्या समाधान गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाइ
उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाइ

११ घण्टा अघि

चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन
चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन

११ घण्टा अघि

नगराइन नगरपालिका कार्यालय  आजदेखि बिना अवरोध सञ्चालनमा
नगराइन नगरपालिका कार्यालय आजदेखि बिना अवरोध सञ्चालनमा

१४ घण्टा अघि

घरघरमा धारा, खानेपानी जोह गर्न कुवातिर
घरघरमा धारा, खानेपानी जोह गर्न कुवातिर

१५ घण्टा अघि

ताजा अपडेट

  • उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाइ

    उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाइ

  • नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँ

    नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँ

  • चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन

    चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन

  • राजनीति  सेवा गर्ने स्थल हो : उपप्रधानमन्त्री सिंह

    राजनीति सेवा गर्ने स्थल हो : उपप्रधानमन्त्री सिंह

  • राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता,  विकसित देशले गरेका जलवायु परिवर्तनका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड

    राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता, विकसित देशले गरेका जलवायु परिवर्तनका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड

  • नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो

    नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो

  • उसागीका कारण फिलिपिन्समा उच्च सतर्कताका लागि चेतावनी जारी

    उसागीका कारण फिलिपिन्समा उच्च सतर्कताका लागि चेतावनी जारी

  • नगराइन नगरपालिका कार्यालय  आजदेखि बिना अवरोध सञ्चालनमा

    नगराइन नगरपालिका कार्यालय आजदेखि बिना अवरोध सञ्चालनमा