समाचार

उसागीका कारण फिलिपिन्समा उच्च सतर्कताका लागि चेतावनी जारी


erastriya बिहीबार, कात्तिक २९, २०८१

फिलिपिन्सले उसागी नाम दिइएको बिनाशकारी आँधीको चेतावनीपछि बिहीबार प्रभावित क्षेत्रका हजारौं मानिसहरूलाई खाली र सुरक्षित क्षेत्रमा सारेको छ । आँधीको प्रभाव यसपहिले नै अर्को आँधीबाट प्रभावित उत्तरतर्फ अघि बढ्दै गएपछि आँधीबेहरीको चेतावनी जारी गरिएको हो ।

प्रति घण्टा १८५ किलोमिटर सम्मको निरन्तर हावासँगै उसागी आँधी लुजनको मुख्य टापुमा अवतरण गर्ने सम्भावना रहेको जनाइएको छ । बिनाशकारी मौसमी लहरले यसअघि नै १५९ जनाको ज्यान लिएको छ भने राष्ट्रसङ्घलाई प्रभावित क्षेत्रहरूका लागि तीन करोड २० लाख ९० हजार अमेरिकी डलर सहयोगको प्रस्ताव अन्तर्राष्ट्रिय समुदायसँग गरेको छ ।

राष्ट्रिय मौसम विभागका अनुसार आँधीले हल्का सामग्रीको संरचनामा लगभग पूर्ण क्षति पु¥याउन सक्छ । भारी वर्षा र तीन मिटरसम्मको सम्भावित कडा छालहरूको पूर्वानुमान गरी आँधीको चेतावनी उच्च चरणमा लागु गरिएको छ । कागायन प्रान्तमा आँधीले अवतरण गर्ने अपेक्षा गरिएकाले बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन् ।

कागायनका नागरिक सुरक्षा प्रमुख रूएली राप्सिङले स्थानीय सरकारहरूले ४० हजार मानिसहरूलाई आश्रयमा लैजाने बताउनुभएको छ । उसागीपछि, उष्णकटिबन्धीय आँधी म्यान–यीले पनि यस सप्ताहन्तमा राजधानी मनिला वरपर फिलिपिन्सको जनसङ्ख्याको केन्द्रमा प्रहार गर्ने पूर्वानुमान गरिएको छ ।

“आँधीहरू आउने क्रम जारी रहेको बताउँदै समुदायहरूले आघातबाट निको हुने प्रयास गरेसँगै, अर्को उष्णकटिबन्धीय आँधीले फिलिपिन्सलाई फेरि पभावित गरिरहेको संयुक्त राष्ट्रसङ्घ फिलिपिन्सका मानवीय संयोजक गुस्ताभो गोन्जालेजले बताउनुभएको छ । हालैको एक अध्ययनले एसिया–प्रशान्त क्षेत्रमा जलवायु परिवर्तनका कारण आँधीबेहरीको असर तटीयरेखामा तीव्र र लामो समयसम्म रहने गरेको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश
अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

११ घण्टा अघि

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने
उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

१८ घण्टा अघि

अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय
अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

असार १८, २०८२

चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो
चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो

असार १६, २०८२

ताजा अपडेट

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

  • कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत…

  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

    अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्य…

  • एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

    एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

  • उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

    उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउ…

  • रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

    रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?