स्वास्थ्य

पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप


erastriya बिहीबार, कात्तिक २९, २०८१

काठमाडौंँ, २९ कात्तिकः किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी माघ २३ गतेदेखि १५ दिनसम्म देशव्यापी खोप अभियान सञ्चालन गरिने छ ।

अभियानअन्तर्गत ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ९००किशोरीलाई निःशुल्क खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल मुलुकमा हरेक दिन चार जनाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले त्यसविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ ९एचपिभी० खोप अभियान सञ्चालन गर्ने निर्णय गर्नुभएको उक्त मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले राससलाई बताउनुभयो ।

मन्त्री पौडेलले कार्यभार सम्हालेका दिन आफ्नो योजना तथा प्राथमिकतामा किशोरीहरुको पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने उल्लेख गर्नुभएको थियो ।

आगामी वर्षदेखि नियमित खोप अभियानमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप पनि समावेश गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । ‘एचपिभी’ खोपका लागि ग्लोबल एलायन्स’ ९गाभी०को सहयोगका साथै सरकारी लगानी पनि छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। अरुण शाही पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा सङ्क्रमण भएकाले त्यसविरुद्ध खोप लगाउनुपर्नेमा जोड दिनुभयो । ह्युमनपापिलोमा सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा जन्माउने, छोटो समयको अन्तरालमा लगातार बच्चा जन्माउने, धेरै जनासँग यौन सम्बन्ध कायम गर्ने अधिक धूमपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनेलाई हुने उहाँले बताउनुभयो ।

सन् २०२२ मुलुकमा क्यान्सरका २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । हरेक वर्ष एक हजार ५०० बालबालिकामा क्यान्सर देखिने गरेको छ । ती बालबालिकालाई आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिनु राज्यको दायित्व भएको बताउँदै मन्त्री पौडेलले आफ्नातर्फबाट हरसम्भव प्रयत्न गरिने बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

स्वास्थ्यमन्त्री पौडलको आग्रह कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन
स्वास्थ्यमन्त्री पौडलको आग्रह कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन

१ दिन अघि

८ वर्षअघि बन्ध्याकरण गरेका महेश बस्नेतले कसरी  बोकाए गर्भ
८ वर्षअघि बन्ध्याकरण गरेका महेश बस्नेतले कसरी बोकाए गर्भ

बैशाख १२, २०८१

प्रसाईको मेडिकल कलेज सम्बन्धी आदेश नसच्चिए अनसन बस्ने डा. केसीको चेतावनी
प्रसाईको मेडिकल कलेज सम्बन्धी आदेश नसच्चिए अनसन बस्ने डा. केसीको चेतावनी

चैत १३, २०८०

डिप्रेसनको जोखिम कम गर्न सुकुमेल प्रयाेग गर्न सकिने
डिप्रेसनको जोखिम कम गर्न सुकुमेल प्रयाेग गर्न सकिने

चैत १०, २०८०

ताजा अपडेट

  • उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाइ

    उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाइ

  • नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँ

    नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँ

  • चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन

    चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन

  • राजनीति  सेवा गर्ने स्थल हो : उपप्रधानमन्त्री सिंह

    राजनीति सेवा गर्ने स्थल हो : उपप्रधानमन्त्री सिंह

  • राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता,  विकसित देशले गरेका जलवायु परिवर्तनका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड

    राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता, विकसित देशले गरेका जलवायु परिवर्तनका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड

  • नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो

    नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो

  • उसागीका कारण फिलिपिन्समा उच्च सतर्कताका लागि चेतावनी जारी

    उसागीका कारण फिलिपिन्समा उच्च सतर्कताका लागि चेतावनी जारी

  • नगराइन नगरपालिका कार्यालय  आजदेखि बिना अवरोध सञ्चालनमा

    नगराइन नगरपालिका कार्यालय आजदेखि बिना अवरोध सञ्चालनमा