राजनीति

राष्ट्रसङ्घका आणविक प्रमुख महत्वपूर्ण वार्ताका लागि इरान प्रस्थान


erastriya बुधबार, कात्तिक २८, २०८१

अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए) का प्रमुख राफेल ग्रोसीले इरानको आणविक कार्यक्रमबारे महत्वपूर्ण वार्ताका लागि बुधबार तेहरानतर्फ प्रस्थान गर्नुभएको छ । इरानको क्षेत्रीय शत्रु इजरायलका रक्षामन्त्रीले इस्लामिक गणतन्त्र इरानको आणविक केन्द्रहरूमा आक्रमण गर्ने कुरा पहिलेभन्दा बढी उजागर भएको चेतावनी दिएको दुई दिनपछि उहाँको यो भ्रमण हुन लागेको हो ।

इरानले लामो समयदेखि आणविक हतियार निर्माण गर्न खोजेको आरोप इजरायलले लगाउँदै आएको छ। गाजामा हमास र लेबनानको हिजबुल्लाहसँग इजरायलको युद्धलाई लिएर तनाव बढिरहेका बेला यी दुई देशले यस वर्ष क्षेप्यास्त्र आक्रमण गरेका हुन् । यस आक्रमणले उनीहरूको वर्षौं लामो छायाँ युद्धलाई सतहमा ल्याएको छ र मध्यपूर्वमा व्यापक द्वन्द्वको डरलाई बढावा दिएको छ। ग्रोसीले आफ्नो भ्रमणअघि एएफपीसँगको अन्तर्वार्तामा भन्नुभयो, “कुटनीतिक समाधानका उपाय खोज्नु अत्यावश्यक छ ।”

आईएईएलाई इरानमा निरीक्षण गर्न अनुमति दिइएको भए तापनि ग्रोसीले इरानको आणविक कार्यक्रमको परिमाण र महत्वाकाङ्क्षालाई ध्यानमा राख्दै यसको ‘अधिक अनुगमन’ को आवश्यकतामा जोड दिनुभयो । “उनीहरूसँग धेरै आणविक सामग्री छन् जुन अन्ततः आणविक हतियार बनाउन प्रयोग गर्न सकिन्छ,” आईएईए प्रमुखले सीएनएनसँग भन्नुभयो, “उनीहरूसँग अहिले आणविक हतियार छैन।”

तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालमा सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौताबाट सन् २०१८ मा पछि हटेका डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा पुनः निर्वाचित भएपछि ग्रोसीको यो भ्रमण हुन लागेको हो । ट्रम्पले गत हप्ता इरानलाई हानि पु¥याउन नचाहेको बरु त्यहाँका जनतासँग ‘निकै सफल देश’ होस् भन्ने चाहेको बताउनुभएको थियो । सन् २०१५ मा संयुक्त राज्य अमेरिकालगायत विश्वका प्रमुख शक्ति राष्ट्रहरूले इरानसँग २१ महिनाको वार्तापछि उसको आणविक कार्यक्रमबारे सम्झौता गरेका थिए। उक्त सम्झौतामा इरानले आणविक हतियार नखोज्ने ग्यारेन्टीको बदलामा इरानमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्धलाई खुकुलो बनाउने व्यवस्था गरिएको थियो ।

तर ट्रम्पले सन् २०१८ मा सम्झौताबाट पछि हट्दै इरानमाथि पुनः अमेरिकी प्रतिबन्ध लगाएको घोषणा गर्नुभएको थियो । त्यसको एक वर्षपछि इरानले आणविक सम्झौताप्रतिको आफ्नो प्रतिबद्धतालाई क्रमशः फिर्ता लिन थाल्यो, जसले तेहरानलाई ३.६५ प्रतिशत शुद्धतामा युरेनियम संवर्धित गर्न मात्र अनुमति दियो। आईएईएका अनुसार इरानले आफ्नो संवर्धित युरेनियमको भण्डार ६० प्रतिशत पुर्याएको छ, जुन आणविक बम बनाउन आवश्यक पर्ने ९० प्रतिशतको हाराहारीमा छ ।

यही पृष्ठभूमिमा ग्रोसीले मे महिनायता पहिलो पटक इरानको भ्रमण गर्न लाग्नुभएको हो । आईएईएले एक विज्ञप्ति जारी गर्दै इरानी सरकारसँग उच्चस्तरीय बैठक गर्ने र सबै पक्षमा प्राविधिक छलफल गर्ने जनाएको छ । गत जुलाईमा पश्चिमा मुलुकसँगको सम्बन्ध सुधार्ने र प्रतिबन्ध फुकुवा हुने आशाका साथ सत्तामा आएका इरानका राष्ट्रपति मसूद पेजेस्कियान आणविक सम्झौताको पुनरुत्थानको पक्षमा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै
एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

चैत ०३, २०८१

रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार
रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार

फागुन २६, २०८१

North Korea fires missiles as South begins drills with US
North Korea fires missiles as South begins drills with US

फागुन २६, २०८१

परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान
परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान

फागुन २६, २०८१

ताजा अपडेट

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

  • यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु

    यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण…

  • सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

    सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित …

  • त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

    त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानम…