स्वास्थ्य

स्वास्थ्यमन्त्री पौडलको आग्रह कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन


erastriya बुधबार, कात्तिक २८, २०८१

 

 

जुम्ला, २८ कात्तिकः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन लागिएको जानकारी दिनुभएको छ । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा उहाँले कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन प्रतिष्ठानले थप जिम्मेवारीका साथ काम गर्न निर्देशन दिनुभयो ।

 

उहाँले भन्नुभयो, “स्वास्थ्य सेवालाई सहज बनाउन मन्त्रालय लागिपरेको छ । प्रतिष्ठानले दक्ष जनशक्ति उत्पादन गर्नेगरी काम गर्न आश्यक छ । मन्त्रालयले वार्षिक बजेटमा कर्णालीको स्वास्थ्य क्षेत्रलाई सदृढ बनाउन विशेष प्रथामिकतामा राखेको छ ।” स्वास्थ्यमन्त्री पौडेलले जलनका सबै बिरामीहरूलाई सरकारले निःशुल्क उपचारको व्यवस्था समेत गरेको जानकारी दिनुभयो ।

 

संयुक्त राज्य अमेरिकाको हार्वड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक प्रा डा क्रिस्टिन मसेङ्गर प्रमुुख अतिथि रहनुुभएको सो प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित भएका प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिनुभयो । दीक्षान्त समारोह यसअघि गत भदौ २३ गते तय गरिएको थियो ।

 

सो अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको नवनिर्मित शैक्षिक भवन उद्घाघटन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप
पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप

१६ घण्टा अघि

८ वर्षअघि बन्ध्याकरण गरेका महेश बस्नेतले कसरी  बोकाए गर्भ
८ वर्षअघि बन्ध्याकरण गरेका महेश बस्नेतले कसरी बोकाए गर्भ

बैशाख १२, २०८१

प्रसाईको मेडिकल कलेज सम्बन्धी आदेश नसच्चिए अनसन बस्ने डा. केसीको चेतावनी
प्रसाईको मेडिकल कलेज सम्बन्धी आदेश नसच्चिए अनसन बस्ने डा. केसीको चेतावनी

चैत १३, २०८०

डिप्रेसनको जोखिम कम गर्न सुकुमेल प्रयाेग गर्न सकिने
डिप्रेसनको जोखिम कम गर्न सुकुमेल प्रयाेग गर्न सकिने

चैत १०, २०८०

ताजा अपडेट

  • उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाइ

    उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाइ

  • नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँ

    नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँ

  • चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन

    चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन

  • राजनीति  सेवा गर्ने स्थल हो : उपप्रधानमन्त्री सिंह

    राजनीति सेवा गर्ने स्थल हो : उपप्रधानमन्त्री सिंह

  • राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता,  विकसित देशले गरेका जलवायु परिवर्तनका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड

    राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता, विकसित देशले गरेका जलवायु परिवर्तनका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड

  • नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो

    नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो

  • उसागीका कारण फिलिपिन्समा उच्च सतर्कताका लागि चेतावनी जारी

    उसागीका कारण फिलिपिन्समा उच्च सतर्कताका लागि चेतावनी जारी

  • नगराइन नगरपालिका कार्यालय  आजदेखि बिना अवरोध सञ्चालनमा

    नगराइन नगरपालिका कार्यालय आजदेखि बिना अवरोध सञ्चालनमा