टाइटानिक जहाज हेर्नका लागि गएको पनडुब्बी अचानक बेपत्ता भएको छ ।
बेलायतका अर्बपति व्यापारी हमिस हार्डिङको परिवारले उनी पनि यो पनडुब्बीमा सवार रहेको बताएका छन् ।
सो जहाज बेपत्ता भए पछि उद्धार टोलीले एट्लान्टिक महासागरमा खोजी कार्य जारी राखेको छ । पर्यटकलाई टाइटानिकको भग्नावशेषमा लैजान प्रयोग गरिदै आएको पनडुब्बी एट्लान्टिक महासागरमा बेपत्ता भएकाको खोजी र उद्धार अभियान सुरु गरेको बोस्टन कोस्टगार्डले बीबीसीलाई बताए।
बेपत्ता पनडुब्बीमा कति यात्रु सवार थिए भन्ने अझै खुल्न सकेको छैन । टाइटानिकको भग्नावशेष क्यानडाको तटबाट ४०० नटिकल माइल टाढा एट्लान्टिक महासागरको मुनि ३,८०० मिटर तल छ।
सो पानी जहाज अप्रिल १९१२ मा आफ्नो पहिलो यात्रामा आइसबर्गमा ठोक्किए पछि डुबेको थियो । सो जहाजमा रहेका २२ सय जना मध्ये ६०७ जना मात्र बाँचेका थिए । जुन जहाज १९८५ मा पत्ता लागेको थियो ।
पछिल्ला वर्षहरूमा साना पनडुब्बीहरूवाट टाइटनिक जहाजको देखाउनका लागि पर्यटकहरूवाट पठाउन थालिएको थियो । जसमध्येको कम्पनी ओसनगेट एक्सपिडिसनले प्रति यात्रु २ लाख ५० हजार युरो लिँदै उनीहरूलाइ टाइटनिक जहाज देखाउँथे । तर, सोमवार देखी सो जहाज बेपता छ ।
प्रतिकिर्या