समाचार

अफगानिस्तानमा सन् २०२१ पछि छैटौँ पटक सार्वजनिक रुपमा मृत्युदण्ड


erastriya बुधबार, कात्तिक २८, २०८१

अफगानिस्तानमा सन् २०२१ पछि छैटौँ पटक सार्वजनिकस्थलमा मृत्युदण्ड दिइएको छ ।

अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको रङ्गशालामा तालिबान प्रशासनले बुधबार एक दोषी ठहर गरिएका हत्यारालाई गोली हानेर मृत्युदण्ड दिएको हो । घटनास्थलमा रहेका एएफपीका एक पत्रकारका अनुसार पक्तिया प्रान्तको राजधानी गार्डेजमा हजारौं दर्शकको अगाडि पीडित परिवारका एक सदस्यले ती व्यक्तिको छातीमा तीन वटा गोली प्रहार गरेका थिए ।

मृत्युदण्ड दिनुभन्दा अघिल्लो साँझ गभर्नरको कार्यालयले अधिकारीहरू र बासिन्दाहरूलाई सामाजिक सञ्जालमा ‘यस कार्यक्रममा उपस्थित हुन’ आह्वान गरेको थियो । अफगानिस्तानको सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिमा एक हत्यारालाई प्रतिशोधात्मक सजाय सुनाइएको जनाएको छ । मृत्युदण्डको आदेशमा तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले हस्ताक्षर गर्नुभएको छ ।

तालिबान सत्तामा आउनुअघि देखि नै हबिबुल्लाह सैफ उल कातल नामका एक व्यक्तिको हत्या गरेको अभियोगमा उनी हिरासतमा रहेका थिए भने तीनवटा सैन्य अदालतले यस मुद्दाको ‘निकै सटिक र पटक–पटक अनुसन्धान’ गरेका थिए ।

बयानमा भनिएको छ, “पीडित परिवारलाई मृत्युदण्डमा रोक लगाउने मौका दिइएको थियो, तर उनीहरूले अस्वीकार गरेका थिए।” मृत्युदण्डदिने क्रममा गृहमन्त्री सिराजुद्दीन हक्कानीलगायत उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश
अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

९ घण्टा अघि

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने
उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

१५ घण्टा अघि

अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय
अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

असार १८, २०८२

चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो
चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो

असार १६, २०८२

ताजा अपडेट

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

  • कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत…

  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

    अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्य…

  • एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

    एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

  • उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

    उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउ…

  • रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

    रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?