समाचार

रूसद्वारा किएभमा मिसाइल र ड्रोनद्वारा आक्रमण


erastriya बुधबार, कात्तिक २८, २०८१

रूसले बुधबार किएभमा आफ्नो आक्रमण बढाइ राजधानीमा ड्रोन र मिसाइलद्वारा ७० भन्दा बढी हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । रूसी सेनाहरू पूर्वमा अगाडि बढिरहेको अवस्थामा डोनाल्ड ट्रम्पको विजयपछि भविष्यको अमेरिकी सहायतामा बढ्दो चिन्ताबीच रूसले युक्रेनी भूमिमा निरन्तर आक्रमण गरिरहेको छ ।

राजधानीमा विस्फोट भएपछि बासिन्दाले किएभको मध्य क्षेत्रमा रहेको भूमिगत मेट्रो स्टेसनमा शरण लिइरहेको एएफपीले जनाएको छ । किएभका अधिकारीहरूले ब्रोभरीको उपनगरमा ड्रोन खस्दा एक जना घाइते भएको तथा प्रभावित स्थलमा आगलागीका तस्बिरहरू देखाएका छन् । क्रेमलिनले खेरसनको दक्षिणी क्षेत्रमा गरेकोे ड्रोन हमलामा ५२ वर्षीया महिलाको मृत्यु भएको ‘ब्ल्याक सी’ क्षेत्रका प्रमुखले बताउनुभएको छ । अधिकारीहरूले किएभ नजिक मिसाइलहरू आइरहेको जानकारी दिँदै गर्दा धेरै वटा हवाई आक्रमणको साइरन बजिरहेको सुनिएको थियो ।

युक्रेनी सहरहरू खासगरी दक्षिणमा बढ्दो आक्रमणको एक हप्तापछि यो आक्रमण भएको हो । एक दिनअघि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा भएको रूसी हमलामा ३२ वर्षीया आमा र उनका तीन सन्तानको मृत्यु भएको थियो । युक्रेनले महिनाौँदेखि आफ्ना पश्चिमी सहयोगीहरूलाई सहर र महत्वपूर्ण पूर्वाधारमा रुसी आक्रमण रोक्न थप हवाई रक्षा प्रणाली उपलब्ध गराउन अपिल गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश
अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

८ घण्टा अघि

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने
उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

१५ घण्टा अघि

अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय
अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

असार १८, २०८२

चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो
चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो

असार १६, २०८२

ताजा अपडेट

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

  • कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत…

  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

    अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्य…

  • एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

    एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

  • उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

    उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउ…

  • रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

    रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?