पोखरा अन्तार्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको करिब ६ महिनापछि पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।
बुधवार चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सले पहिलोपटक चार्टर उडान गर्न लागेको हो ।
सिचुवानको जहाज भोलि (बुधवार) बिहान साढे ९ बजे पोखरा विमानस्थलमा अवतरण गर्नेछ ।
विमानस्थल सञ्चालनमा आएको ६ महिनासम्म पनि अन्तर्राष्ट्रिय उडान नभएको यो विमास्थनमा हुने पहिलो उडानको स्वागत गर्ने ।
सिचुवानको बोइङ न्यारोबडी ए३१९ जहाजबाट भीआईपी र खेलाडी पोखरामा अवतरण गर्ने छन् ।
यो जहाज यात्रु ओरालेर एक घण्टामै काठमाडौं आउने तय भएको उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
प्रतिकिर्या