राजनीति

प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्न कोशी प्रदेशमा पनि द्विदलीय संयन्त्र गठन


erastriya बुधबार, कात्तिक २८, २०८१

 

विराटनगर, २८ कात्तिकः प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्न कोशी प्रदेशमा पनि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले द्विदलीय संयन्त्र गठन गरेका छन् ।

 

संयन्त्रको मङ्गलबारको बैठकका निर्णय आज यहाँ सार्वजनिक गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटिका इन्चार्ज शेरधन राईले राजनीतिक स्थायित्व र सुशासन कायम गर्न दुई दलीय संयन्त्र गठन भएको बताउनुभएको छ ।

 

उहाँले सबै प्रकारका अनियमितता रोक्न तथा विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्न संयन्त्रले खबरदारी गर्नका साथै जनताका निराशालाई आशामा बदल्ने बताउनुभयो ।

 

संयन्त्रले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, जनमुखी, सुशासन प्रवद्र्धन तथा प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउने सम्बन्धमा कोशी प्रदेश सरकारका मन्त्रीहरुसँग आगामी मङ्सिर १४ गते बृहद् छलफल गर्ने निर्णय भएको जनकारी संयन्त्रका सदस्य राईले दिनुभयो । त्यसैगरी, दुई दलीय संयन्त्रको मर्मअनुसार प्रदेशका १४ वटै जिल्लाका संयन्त्रका सदस्यहरुको संयुक्त बैठक मङ्सिर २९ गते संयन्त्रका अर्का सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संयन्त्रबाट सरकारलाई काम गर्न थप ऊर्जा मिल्ने बताउनुभयो ।

 

त्यसैगरी, संयन्त्रका अर्का सदस्य नेपाली कांग्रेस कोशी प्रदेशका सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

 

दुई दलीय संयन्त्रमा नेकपा (एमाले)बाट पूर्वमुख्यमन्त्री राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की र सो पार्टीका अध्यक्ष घनश्याम खतिवडा तथा नेपाली कांग्रेसबाट सो पार्टीका कोशी प्रदेश सभापति उद्धव थापा, महामन्त्रीद्वय भूपेन्द्र राई र उमेश थापा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण
डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

१६ घण्टा अघि

नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र
नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र

असार २३, २०८२

प्रधानमन्त्री ओली र नाउपाका संरक्षक चौधरीबीच भेटवार्ता
प्रधानमन्त्री ओली र नाउपाका संरक्षक चौधरीबीच भेटवार्ता

असार २३, २०८२

'कुलिङ पिरियड' हेरफेर बारे छानबिन गर्ने विशेष समितिको नेतृत्व कांग्रेसलाई नदिने अडानमा रास्वपा
'कुलिङ पिरियड' हेरफेर बारे छानबिन गर्ने विशेष समितिको नेतृत्व कांग्रेसलाई नदिने अडानमा रास्वपा

असार २३, २०८२

ताजा अपडेट

  • डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

    डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे …

  • फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

    फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

  • नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोबार

    नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोब…

  • पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र कुवेत

    पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई

    साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिद…

  • रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

    रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्…

  • भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा

    भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने …