समाचार

धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणको लागि जर्मनी सरकारले सहयोग गर्ने भएको छ ।


erastriya बुधबार, कात्तिक २८, २०८१

 

काभ्रेपलाञ्चोक, २८ कात्तिकः बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणको लागि जर्मनी सरकारले सहयोग गर्ने भएको छ ।

 

जर्मन सहयोग नियोग (जीआइजेड)मार्फत काठमाडौँस्थित जर्मनीको दूतावासले रु एक करोड ४५ लाख रकम सहयोग गर्नेे नगरप्रमख अशोक ब्याञ्जूले बताउनुभयो । हालै नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग भएको भेटवार्तामा उहाँले खानेपानी आयोजनाको मर्मतसम्भारका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

 

आगामी केही दिनमा सहयतासम्बन्धी द्विपक्षीय सम्झौतासँगै रकम निकासा हुने नगप्रमुख ब्याञ्जूले जानकारी दिनुभयो । उक्त आयोजना पुनर्निर्माण गर्न रु तीन करोड ५१ लाख खर्च हुने उहाँको अनुमान छ ।

 

जर्मनीबाट प्राप्त हुने रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनर्निर्माण गरिनेछ । गत महिनाको बाढीले आयोजनामा क्षति हुँदा नगरका ३, ४, ५, ६ र ८ नम्बर वडाका उपभोक्ता खानेपानी सुविधाबाट वञ्चित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

पकेट क्षेत्रकै सुन्तलामा औँसा कीराको प्रकोप
पकेट क्षेत्रकै सुन्तलामा औँसा कीराको प्रकोप

१६ मिनेट अघि

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा जनशक्ति र पूर्वाधार अभाव
पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा जनशक्ति र पूर्वाधार अभाव

२५ मिनेट अघि

आलेखः सामा चकेवा: दाजुभाइ सम्झदै मिथिलानी
आलेखः सामा चकेवा: दाजुभाइ सम्झदै मिथिलानी

३१ मिनेट अघि

जाडो छल्न कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु चितवन आए
जाडो छल्न कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु चितवन आए

१ घण्टा अघि

ताजा अपडेट

  • पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप

    पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप

  • पकेट क्षेत्रकै सुन्तलामा औँसा कीराको प्रकोप

    पकेट क्षेत्रकै सुन्तलामा औँसा कीराको प्रकोप

  • पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा जनशक्ति र पूर्वाधार अभाव

    पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा जनशक्ति र पूर्वाधार अभाव

  • सुनको मूल्य तोलामा दुई हजार दुई सयले घट्यो

    सुनको मूल्य तोलामा दुई हजार दुई सयले घट्यो

  • आलेखः सामा चकेवा: दाजुभाइ सम्झदै मिथिलानी

    आलेखः सामा चकेवा: दाजुभाइ सम्झदै मिथिलानी

  • के अब नेपालीले आफ्नै देशको पेट्रोलियम  प्रयोग गर्न पाउलान् त ?

    के अब नेपालीले आफ्नै देशको पेट्रोलियम प्रयोग गर्न पाउलान् त ?

  • जाडो छल्न कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु चितवन आए

    जाडो छल्न कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु चितवन आए

  • त्रिशूलीमा नयाँ पुल आठ करोडको लागतमा

    त्रिशूलीमा नयाँ पुल आठ करोडको लागतमा