काठमाडौं महानगरपालिका भित्र सञ्चालन हुने हिन्दी चलचित्र रोक्न बिहानै देखि नगर प्रहरी हलहलमा पुगेका छन्।
काठमाडौं महानगरपालिका मेयर बालेन शाहले सोमबार देखि महानगर क्षेत्रभित्रका हलहरूमा कुनैपनि हिन्दी चलचित्र चल्न नदिने घोषणा गर्दा महानगर प्रहरी भने बिहानै देखि हलहलमा पुगेको हुन्।
नगर प्रहरीले आज नगरभित्रका हलहरूमा पुगेर हिन्दी चलचित्र नचलाउन पूर्वजानकारी दिएको बताइएको छ।
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद रहेकोभन्दै मेयर बालेनले ३ दिनभित्र उक्त संवाद सच्याउन अल्टिमेट दिएका थिए।
मेयर शाहको स्टाट्स :
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।
प्रतिकिर्या