राजनीति

श्रीलङ्काको बामपन्थी दल संसद्मा बहुमत ल्याउने कसरतमा


erastriya मंगलबार, कात्तिक २७, २०८१

श्रीलङ्काका नयाँ वामपन्थी नेताले बिहीबार हुने निर्वाचनमा आफ्ना तीन संसदीय सिटलाई सदनको बहुमतमा पु¥याउने प्रयास गर्दै गर्दा बलियो समर्थन प्राप्त हुने देखिएको छ ।

कार्ल माक्र्स र चे ग्वेभारालाई आफ्नो नायकका रूपमा लिने ५५ वर्षीय राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई देशको सबैभन्दा ठूलो र सबैभन्दा प्रभावशाली निजी क्षेत्रको व्यापार र उद्योग निकायको समर्थन छ।

सन् २०२२ मा देशको आर्थिक मन्दीलाई लिएर सिर्जना भएको जनआक्रोशका कारण दिसानायकेले सेप्टेम्बरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा बहुमत प्राप्त गर्नुभएको थियो । सिलोन चेम्बर अफ कमर्स (सीसीसी) ले आर्थिक पुनरुत्थानका लागि आफ्ना प्रस्तावहरू पिपुल्स लिबरेशन फ्रन्ट (जेभीपी) को समाजवादी एजेन्डासँग मेल खाने बताएको छ। देशले डिसानायकेको नेतृत्वमा चीन वा भियतनामको आर्थिक मोडेलहरू पछ्याउन सक्ने व्यवसायीहरूले अनुमान गरेका छन् ।

अस्ट्रेलियास्थित भूराजनीतिक जोखिम विश्लेषण फर्म ट्रेसिंकका इमरान फुरकानले भन्नुभयो, “पहिलो कार्यकालमा पूर्ण लोकतान्त्रिक व्यवस्थाको मामिलामा भियतनामभन्दा जेभिपीले धेरै राम्रो नीति अख्तियार गर्नेछ ।”

उहाँले भन्नुभयो, “लामो समयदेखि साम्यवादी रहेको भियतनामको तुलनामा श्रीलङ्कामा प्रजातन्त्रको गहिरो जरा गडेको छ ।” बिहीबारको संसदीय चुनावमा दिसानायकेको पार्टीले सहजै जित हासिल गर्ने र त्यसपछि उहाँका दक्षिणपन्थी पूर्ववर्ती रनिल विक्रमासिङ्घेले सुरु गरेको अलोकप्रिय मितव्ययिताका उपायहरू सहित सुधारहरू अघि बढाउने फुरकानले विश्वास व्यक्त गर्नुभएको छ ।

– शेयरमा उछाल –

सन् १९७१ र १९८७ मा सशस्त्र विद्रोहको नेतृत्व गरेको जेभीपीले आफूलाई राष्ट्रिय जनसत्ता (एनपीपी) भनिने व्यावसायिक समूहहरूसँगको गठबन्धनमा मूलधारको राजनीतिमा सामेल गरेको छ। “विक्रमासिङ्घेले गरेको ऋण सम्झौतालाई अगाडि बढ्न दिएर स्थानीय र विदेशी लगानीकर्ताको विश्वास जितेकाले दिसानायकेले सुधारलाई उल्टाउने सम्भावना छैन,” फुरकानले भन्नुभयो । दिसानायकेको जितपछि कोलम्बो स्टक एक्सचेन्जको ‘अल शेयर प्राइस इन्डेक्स’ १६.६५ प्रतिशतले बढेको छ। दिसानायकेले विशाल छिमेकी भारत र देशको सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता चीनसँग पनि घनिष्ठ सम्बन्ध कायम राख्नुभएको छ ।

करिब दुई करोड २० लाख जनसङ्ख्या रहेको बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको सानो तर रणनीतिक दृष्टिले हिन्द महासागरटापुमा अवस्थित श्रीलङ्कामा भारत र चीन दुवैले प्रभाव जमाउन प्रतिस्पर्धा गरिरहेका छन् । संसदको २२५ सिटका लागि आठ हजार ८८० उम्मेदवारका लागि बिहीबार बिहान ७ ः०० बजे मतदान सुरु हुनेछ । निर्वाचन अनुगमनकर्ताले मतदातामा राष्ट्रपति निर्वाचनको तुलनामा कम उत्साह देखिएको बताएका छन् । निजी निगरानी समूह पिपुल्स एक्सन फर फ्रि एन्ड फेयर इलेक्सन (पाफल) ले राष्ट्रपति चुनावमा देखिएको ८० प्रतिशतभन्दा कम मतदान हुन सक्ने जनाएको छ ।

पाफ्फ्रेलकी प्रमुख रोहना हेटियाराचीले विपक्षी दलका थोरै उम्मेदवार सक्रिय भएकाले नतिजालाई पूर्वनिर्धारित निष्कर्षका रुपमा हेरिएको बताउनुभयो । दिसानायकेको पार्टीले निवर्तमान विधायिकामा केवल तीन सिट मात्र जितेको भएपनि यस पटकको संसदीय निवाचनमा यसलाई अत्यधिक वृद्धि गर्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै
एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

चैत ०३, २०८१

रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार
रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार

फागुन २६, २०८१

North Korea fires missiles as South begins drills with US
North Korea fires missiles as South begins drills with US

फागुन २६, २०८१

परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान
परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान

फागुन २६, २०८१

ताजा अपडेट

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

  • यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु

    यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण…

  • सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

    सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित …

  • त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

    त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानम…