राजनीति

‘वर्तमान सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन्’


erastriya मंगलबार, कात्तिक २७, २०८१

 

ढोरपाटन (बागलुङ), २७ कात्तिकः नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सरकारसँग जनताले विकास–निर्माणलगायत जनजीविकाका विषयमा धेरै अपेक्षा गरेका बताउनुभएको छ ।

नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले सरकारमा सहभागी राजनीतिक दलले जनता केन्द्रित काम गर्नुपर्नेमा जोड दिनुभयो । देशमा जति नयाँ पार्टी खुले पनि पुरानै पार्टीले मुलुक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका उहाँको भनाइ थियो ।

विसं २०४६ को परिवर्तनपछि देशमा विकास निर्माणका कार्यले गति लिएका बताउँदै पूर्वअर्थमन्त्री डा महतले नेपाली कांग्रेस आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा जानुपर्ने विचार व्यक्त गर्नुभयो ।

“पार्टीको सुदृढीकरणका लागि सम्पूर्ण कार्यकर्ता एकताबद्ध हुनुपर्छ”, उहाँले भन्नुभयो । स्थानीय तहबाटै नेता तथा कार्यकर्ताबीच एकता हुनुपर्नेमा जोड दिँदै उहाँले व्यक्तिभन्दा माथि पार्टीलाई राख्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

माओवादी केन्द्रप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेहो छ : नारायन काजी श्रेष्ठ
माओवादी केन्द्रप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेहो छ : नारायन काजी श्रेष्ठ

१९ घण्टा अघि

विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मियता बढाउँछः पर्यटनमन्त्री पाण्डे
विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मियता बढाउँछः पर्यटनमन्त्री पाण्डे

२२ घण्टा अघि

Maoist Centre's Ghimire elected ward chair in Belaka municipality
Maoist Centre's Ghimire elected ward chair in Belaka municipality

१ दिन अघि

हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान

मंसिर १६, २०८१

ताजा अपडेट

  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

    आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

  • हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’

    हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’

  • विवादका कारण गौरीगङ्गा साझेदारी वन कार्यान्वयनमा समस्या

    विवादका कारण गौरीगङ्गा साझेदारी वन कार्यान्वयनमा समस्या

  • अपाङ्गता स्याहार केन्द्रले बालबालिकामा ल्याएको खुसी

    अपाङ्गता स्याहार केन्द्रले बालबालिकामा ल्याएको खुसी

  • सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

    सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

  • नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

    नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

  • डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, एक लाख किसान प्रभावित

    डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, एक लाख किसान प्रभावित

  • माओवादी केन्द्रप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेहो छ : नारायन काजी श्रेष्ठ

    माओवादी केन्द्रप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेहो छ : नारायन काजी श्रेष्ठ