विकास

फ्लाई ओभर निर्माणमा ढिलासुस्ती नगर्न मन्त्री दाहालको निर्देशन


erastriya सोमबार, कात्तिक २६, २०८१

काठमाडौँ, २६ कात्तिक : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभरको आज स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्रालयका उच्च अधिकारीसहित उहाँ निर्माणस्थलमा पुग्नुभएको हो । निरीक्षण पश्चात् मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिनुभयो ।

त्यस क्रममा उहाँले पूर्वाधार तथा विकास आयोजना निर्माण कार्यमा हुने ढिलासुस्ती सह्य नहुने बताउनुभयो । काठमाडौँको सहरी तथा यातायात व्यवस्थापन गर्न महत्वपूर्ण हुने अपेक्षा राखिएको उक्त फ्लाई ओभर निर्माणको कार्यलाई गति दिएर समयमै सक्न मन्त्री दाहाले निर्देशन दिनुभयो । निरीक्षण टोलीमा मन्त्री दाहालसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेललगायत रहनुभएको थियो । विसं २०७८ फागुन १२ गतेदेखि निर्माण सुरु भएको उक्त फ्लाई ओभर आगामी पुस पहिलो हप्तासम्म निर्माण सम्पन्न गर्नुपर्ने छ ।

तीस मिटर स्पानको चार लेनको सो पुलसहितको फ्लाई ओभर निर्माणको काम आशिष–समानान्तर–रेलिगेर जेभी काठमाडौँले गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रकम भुक्तानी नहुँदा पहिरो पीडितको विचल्ली सरकारलाई छैन चाँसो
रकम भुक्तानी नहुँदा पहिरो पीडितको विचल्ली सरकारलाई छैन चाँसो

१० घण्टा अघि

भेरी करिडोरः नलगाड–तल्लु खण्डमा धमाधम काम हुँदै
भेरी करिडोरः नलगाड–तल्लु खण्डमा धमाधम काम हुँदै

१ दिन अघि

नेपालीको विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
नेपालीको विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने

मंसिर ०४, २०८१

हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या

कात्तिक २७, २०८१

ताजा अपडेट

  • चिन भ्रमणमा गएकाे एमालेको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

    चिन भ्रमणमा गएकाे एमालेको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

  • रकम भुक्तानी नहुँदा पहिरो पीडितको विचल्ली सरकारलाई छैन चाँसो

    रकम भुक्तानी नहुँदा पहिरो पीडितको विचल्ली सरकारलाई छैन चाँसो

  • एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण

    एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण

  • उपत्यकामा तीनजना मृतावस्थामा भेटिए

    उपत्यकामा तीनजना मृतावस्थामा भेटिए

  • विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

    विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

  • नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

    नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

  • यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

    यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

  • स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

    स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ