समाचार

ट्रम्पद्वारा पुटिनसँग कुराकानी, युक्रेनमा तनाव नबढाउन चेतावनी


erastriya सोमबार, कात्तिक २६, २०८१

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरी युक्रेनमा युद्ध नबढाउन आग्रह गर्नुभएको द वासिङ्टन पोस्टले आइतबार बताएको छ ।

डेमोक्रेटिक प्रतिद्वन्द्वी कमला ह्यारिसमाथिको आश्चर्यजनक चुनावी विजयको केही दिनपछि ट्रम्पले बिहीबार फ्लोरिडाको मार–ए–लागो एस्टेटबाट फोन गर्नुभएको समाचारमा उल्लेख छ ।

ट्रम्पका सञ्चार निर्देशक स्टिभन चेउङले एएफपीलाई लिखित विज्ञप्तिमा भन्नुभएको छ, “हामी राष्ट्रपति ट्रम्प र अन्य विश्व नेताहरूबीचको निजी फोन वार्तामा टिप्पणी गर्दैनौँ ।”

ट्रम्पले पुटिनलाई युरोपमा अमेरिकाको ठूलो सैन्य उपस्थितिको सम्झना गराउनुभएको नाम नछाप्ने आधारमा कुरा गर्ने फोनवार्तासँग परिचित धेरै व्यक्तिलाई उद्धृत गर्दै पोस्टले बताएको छ ।

उनीहरूका अनुसार ट्रम्पले ‘चाँडै युक्रेन युद्धको समाधान’ बारे थप कुराकानी गर्न चासो व्यक्त गर्नुभएको थियो ।

ट्रम्पले आइतबार जर्मन चान्सलर ओलाफ सोल्ससँग पनि फोनमा कुरा गर्नुभएको र दुवै नेता ‘युरोपमा शान्तिमा फर्कन सँगै मिलेर काम गर्न सहमत हुनुभएको’ सोल्सका प्रवक्ताले बताउनुभयो ।

ट्रम्पले लडाईं चाँडै अन्त्य गर्न जोड दिँदै किएभका लागि वासिङ्टनको अर्बौं डलर सहयोगमा शङ्का व्यक्त गर्दै आउनुभएकाले उहाँको चुनावी जितले लगभग तीन वर्ष लामो युक्रेन द्वन्द्वमा ठूलो प्रभाव पार्ने देखिन्छ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बुधबार ट्रम्पसँग कुरा गर्नुभयो । कुराकानीमा रिपब्लिकनका अर्बपति समर्थक एलन मस्क पनि उल्लेखनीय रूपमा सहभागी हुनुभएको थियो ।
राष्ट्रपति जो बाइडेनको बाहिरिन लागेको डेमोक्रेटिक प्रशासनले जनवरी २० मा ट्रम्पको शपथग्रहण अघि युक्रेनलाई सक्दो सहयोग पठाउने पुष्टि गरेको छ । बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले आइतबार ह्वाइट हाउसले ‘युक्रेनलाई युद्धभूमिमा सबैभन्दा बलियो स्थितिमा राख्ने लक्ष्य राखेको छ ताकि यो अन्ततः वार्ता टेबलमा सबैभन्दा बलियो स्थितिमा होस्’ भन्नुभयो । यसमा युक्रेनका लागि बाँकी रहेको छ अर्ब डलर रकम प्रयोग गर्ने कुरा समावेश हुने सुलिभानले बताउनुभयो । रुसी सरकारले ट्रम्पको फिर्तीमा सतर्क तर प्रायः सकारात्मक प्रतिक्रिया दिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आइतबार भन्नुभयो, “सङ्केतहरू सकारात्मक छन्... कम्तीमा उहाँले टकरावको नभई शान्तिको कुरा गरिरहनुभएको छ ।”

आफ्नो चुनावी अभियानमा ट्रम्पले आफ्नो सोचाइको विवरण नदिइ शपथग्रहणअघि नै युक्रेन युद्ध छिटै अन्त्य गर्ने प्रतिबद्धता दोहो¥याउनुभएको थियो । रक्षा कम्पनी र विदेश नीतिका बाजहरूको भ्रष्ट युद्ध–समर्थक नेक्ससलाई सहयोग गर्छ भन्ने सङ्केत गर्दै ट्रम्प र उहाँका सहयोगीहरूले युक्रेनका लागि अमेरिकी कोषको विरोध गरेका छन् ।

ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरले शनिबार इन्स्टाग्राममा सेयर गर्नुभएको भिडियोमा राष्ट्रपति निर्वाचितको छेउमा जेलेन्स्की उभिएको देखिन्छ र क्याप्सनमा लेखिएको छ, “दृष्टिकोण : तपाईं ३८ दिनमा आफ्नो भत्ता गुमाउँदै हुनुहुन्छ ।”

युक्रेनमा कुनै पनि द्रुत सम्झौताले किएभलाई युक्रेनको दक्षिण र पूर्वमा रूसी आक्रमणकारीहरूलाई गुमाएको केही क्षेत्र हस्तान्तरण गर्न आवश्यक पर्ने अपेक्षा गरिएको छ । ट्रम्पका पूर्वसल्लाहकार ब्रायन लान्जाले शनिबार बिबिसीलाई सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमिया फिर्ता पाउने कुनै पनि महत्त्वाकांक्षा युक्रेनले त्याग्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै
एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

चैत ०३, २०८१

रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार
रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार

फागुन २६, २०८१

North Korea fires missiles as South begins drills with US
North Korea fires missiles as South begins drills with US

फागुन २६, २०८१

परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान
परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान

फागुन २६, २०८१

ताजा अपडेट

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

  • यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु

    यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण…

  • सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

    सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित …

  • त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

    त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानम…