राजनीति

एमालेप्रति घट्यो कार्यकर्ताको आकर्षण जम्मा 3 लाख 30 हजार सदस्य मात्र


erastriya शनिबार, असार ०२, २०८०

काठमाडौँ– तुलनात्मक रुपमा संगठित मानिने नेकपा एमालेको पार्टी सदस्यतामा उल्लेख्य कमी आएको छ।

मासिक लेबी तिर्ने प्रतिबद्ध कार्यकर्ताको पार्टीको छवि बनाएको एमालेको सदस्यता नवीकरण गर्ने र नयाँ सदस्य

लिनेको संख्यामा झण्डै ६० प्रतिशतले कम आएको छ।

गत फागुन ५ गतेदेखि ‘मिसन ग्रास रुट’ नाम दिएर संगठन सुदृढीकरण अभियान चलाएको एमाले अहिले आफूसँग

कति संगठित सदस्य छन् भनेर बताउन सक्ने अवस्थामा छैन। पार्टी निकट स्रोतका अनुसार २०७८ मंसिरमा चितवनमा

दशौँ महाधिवेशन गरेपछि यो जेठसम्ममा पार्टी सदस्यता नवीकरण गर्ने कार्यकर्ताको संख्या जम्मा तीन लाख ५० हजारभन्दा कम छ।

स्रोतले भन्यो, ‘पार्टी सदस्यता नवीकरणमा कुनै उत्साह नै छैन। संख्याका हिसाबले भन्ने हो भने तीन लाख ३० हजार हाराहारी मात्रै नवीकरण भएको छ।’

पार्टी विभाजनको असर र नेतृत्वप्रति बढेको वितृष्णाका कारण सदस्यता नवीकरणमा असर परेको नेताहरुको बुझाइ छ।

अझ पुराना दलप्रति बढेको निराशाको प्रत्यक्ष असर एमालेको पार्टी सदस्यतामा परेको देखिन्छ।

२०७८ मंसिरमा दशौँ महाधिवेशनअघि एमालेले आफ्ना पार्टी सदस्यता ७ लाख ८९ हजार ६२० पुगेको सार्वजनिक गरेको थियो।

त्यसमा पाँच लाख ९९ हजार ६२४ जना पुरुष र एक लाख ८८ हजार ९९६ जना महिला रहेको तत्कालीन पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताएका थिए। दशौँ महाधिवेशमा सार्वजनिक गरिएको सदस्यताका आधारमा अहिले भएको नवीकरण ४१ प्रतिशत मात्रै हो। करिब ५९ प्रतिशत कार्यकर्ताले नवीकरण गरेका छैनन्।

पार्टी सदस्यता अनलाइन माध्यमबाटै नवीकरण गर्न र नयाँ लिन सक्ने व्यवस्था एमालेले गरेको छ। तर पनि संख्या भने भारी मात्रामा घटेको देखिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित
रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

७ घण्टा अघि

प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खेल खेल्दैछन्- ओली
प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खेल खेल्दैछन्- ओली

८ घण्टा अघि

पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल
पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

१ दिन अघि

राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देनविरुद्ध मोर्चाबन्दी
राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देनविरुद्ध मोर्चाबन्दी

१ दिन अघि

ताजा अपडेट

  • रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

    रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

  • प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खेल खेल्दैछन्- ओली

    प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खे…

  • आदील अन्सारी साहित  क्यानले टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीलाई क्याम्पमा बोलायो

    आदील अन्सारी साहित क्यानले टी-२० विश्वकपको एशिया प्य…

  • चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतियारभन्दा खतरनाक !

    चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतिया…

  • आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

  • फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज

    फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्…

  • पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

    पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकार…

  • अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

    अफ्रिकाको उत्तर कोरिया बन्दै माली !