शिक्षा

परीक्षाकाे उत्तरपुस्तिका परीक्षणमा लापरबाही भयको भन्दै बोर्डलाई अनेरास्ववियुको ध्यानाकर्षण पत्र


erastriya सोमबार, कात्तिक २६, २०८१

काठमाडौँ, २६ कात्तिकः राष्ट्रिय परीक्षा उत्तरपुस्तिका परीक्षणमा लापरबाही हुन नदिन आग्रह गर्दै अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

बोर्डका उत्तरपुस्तिका निरीक्षकले जाँच गर्दा लापरबाही गर्ने गरेको भन्दै अध्यक्ष शर्माको ध्यानाकर्षण गराइएको अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज धर्मराज तिमिल्सिनाले जानकारी दिनुभयो । खोटाङ केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका नियतवश केरमेट गरेर परीक्षकले अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएको र उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक भएपछि अनेरास्ववियुले घटनामा सङ्लग्न दोषीलाई कारबाही गर्न पनि माग गरेको छ । तिमिल्सिना नेतृत्वको टोलीले परीक्षा नियन्त्रक नन्दलाल पौडेलसँग यस विषयमा छलफल गरेको थियो । परीक्षा नियन्त्रकका अनुसार २०८० को एसइई नतिजा हेर्दा पुनर्योगको लागि निवेदन दिने १८ हजार ६ सय १२ जना विद्यार्थीमध्ये आठ सय ४८ जना विद्यार्थीको नतिजा परिवर्तन भएको पाइएको अनेरास्ववियुले जनाएको छ । तीमध्ये दुई सय विद्यार्थीले उत्तरपुस्तिका हेर्न पाउँ भनेर निवेदन दिएकामा ३६ जनाले विज्ञसँग बसेर उत्तरपुस्तिका हेरेका सङ्गठनले जनाएको छ । विज्ञले पुनःपरीक्षण नगर्न दबाब दिँदादिँदै १६ जना विद्यार्थीले पुनःपरीक्षणका लागि निवेदन दिएकामा १० जनाको नतिजा परिवर्तन भएर आएको तथ्याङ्कलाई हेर्दा उत्तरपुस्तिका पुनःपरीक्षण गर्दा ६२ दशमलव ५५ प्रतिशत विद्यार्थीको नतिजामा परिवर्तन आउने देखिएको अनेरास्ववियुले जनाएको छ । यसले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, मातहतका संयन्त्रहरू तथा सम्बन्धित सरोकारवालाले लापरबाही गरेको देखिएको भन्दै ध्यानाकर्षण पत्र बुझाइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर
सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

जेठ १७, २०८२

कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

माघ २२, २०८१

बाजुराका विद्यार्थीलाई  राडीपाखी बुनाइ तालिम
बाजुराका विद्यार्थीलाई राडीपाखी बुनाइ तालिम

माघ १७, २०८१

कृषि विश्वविद्यालयमा डीन नियुक्त
कृषि विश्वविद्यालयमा डीन नियुक्त

माघ १०, २०८१

ताजा अपडेट

  • अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोराम…

  • मलेसियासँग श्रमक्षेत्रको सहकार्य अझै मबजुत र दीर्घकालिन बनाउने श्रममन्त्रीको प्रस्ताव

    मलेसियासँग श्रमक्षेत्रको सहकार्य अझै मबजुत र दीर्घकालि…

  • लाेसपाले 'लोकतान्त्रिक सहीद सन्तति वृत्ति कोष' बनाउने

    लाेसपाले 'लोकतान्त्रिक सहीद सन्तति वृत्ति कोष' बनाउने

  • रास्वपाका ५ बुदेँ मागमा प्रतिपक्षी दल बिच छलफल सकियाे, सतापक्षसँग सुरू

    रास्वपाका ५ बुदेँ मागमा प्रतिपक्षी दल बिच छलफल सकिया…

  • इमरान खानकाे मुद्दामा आज सुनुवाई हुदैँ, आजै रिहा हुने समर्थककाे दावी

    इमरान खानकाे मुद्दामा आज सुनुवाई हुदैँ, आजै रिहा ह…

  • आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्डस माथि नेपालकाे सानदार विजयी

    आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्ड…

  • एमाले मधेश प्रदेशका उपनेता ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

    एमाले मधेश प्रदेशका उपनेता ठाकुरसहित १७ जनाविरुद्ध …

  • बुढानीलकण्ठको संकल्पः स्मार्ट सिटीको परिकल्पना देखी समावेशी सेवासम्म

    बुढानीलकण्ठको संकल्पः स्मार्ट सिटीको परिकल्पना देखी सम…