अन्तर्राष्ट्रिय

रुसी आक्रमणमा ६ जनाको मृत्यु भएपछि युक्रेनद्वारा हवाई सतर्कता जारी


erastriya सोमबार, कात्तिक २६, २०८१

देशको दक्षिणी भागमा रुसी आक्रमणबाट कम्तीमा छ जनाको मृत्यु भएपछि युक्रेनी अधिकारीहरूले देशको अधिकांश भागमा हवाई आक्रमणको सतर्कता जारी गरेका छन् ।

“ध्यान दिनुहोस् ! सम्पूर्ण युक्रेनमा क्षेप्यास्त्रको खतरा ! मिग–३१के उडान भयो”, युक्रेनी वायुसेनाले टेलिग्राममा रुसी बमवर्षक विमानहरू हावामा रहेको पुष्टि गर्दै पोस्ट गरेको छ ।

यसअघि रुसी हवाई आक्रमणमा दक्षिणी युक्रेनमा कम्तीमा छ जनाको मृत्यु भएको छ । यो घटना मस्को र किएभले एक अर्कामाथि रेकर्ड सङ्ख्यामा राति ड्रोन आक्रमण गरेको एक दिनपछि भएको हो ।

क्षेत्रीय गभर्नरका अनुसार दक्षिणी शहर मिकोलाइभमा पाँच जनाको मृत्यु भएको छ भने जापोरिझ्जियामा भएको आक्रमणमा एक जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन् ।

“पाँच जनाको मृत्यु भएको छ”, मिकोलाइभका गभर्नर भिटाली किमले सोमबार बिहान टेलिग्राममा लेख्नुभयो । यसअघि चार जनाको मृत्यु भएको बताइएको थियो । आक्रमणमा धेरै आवासीय भवनमा आगलागी भएको थियो । पूर्वतर्फ करिब तीन सय किलोमिटर टाढा जापोरिझ्जियामा युक्रेनको राज्य आपत्कालीन सेवा एजेन्सीले रुसले गरेको तीन वटा हवाई आक्रमणमा एक पुरुषको मृत्यु भएको र धेरै भवन क्षतिग्रस्त भएको जनाएको छ ।

जापोरिझ्जियाका गभर्नर इभान फेडोरोभका अनुसार पाँच बालबालिकासहित १८ जना घाइते भएका छन् । “चार, १६ र १७ वर्षका बालक र १५ र १७ वर्षका बालिकाले आवश्यक चिकित्सा सहायता पाएका छन्”, उहाँले टेलिग्राममा भन्नुभयो ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार शनिबार रातिदेखि आइतबार बिहानसम्म रुसले युक्रेनमाथि एक सय ४५ वटा ड्रोन प्रहार गरेको छ । यो जुन द्वन्द्वका क्रममा एकै रातको आक्रमणमा अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

रुसले आइतबार मस्कोतर्फ लक्षित ३४ वटा युक्रेनी ड्रोन खसालेको पनि बताएको छ । यो सन् २०२२ मा युद्ध सुरु भएयता राजधानीमाथि गरिएको सबैभन्दा ठूलो आक्रमण प्रयास थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय
अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

८ घण्टा अघि

चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो
चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो

असार १६, २०८२

रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्रहार गरेको दाबी
रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्रहार गरेको दाबी

असार १५, २०८२

युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस
युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस

असार १५, २०८२

ताजा अपडेट

  • श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्बाको ह्याट्रिक

    श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्…

  • नेपालमा एमसीसीले निरन्तरता पाउने

    नेपालमा एमसीसीले निरन्तरता पाउने

  • कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

    कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

  • अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

    अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

  • महिला फुटबल एएफसी युमन्स एसिया कपमा आज नेपाल र श्रीलंका खेल्दै

    महिला फुटबल एएफसी युमन्स एसिया कपमा आज नेपाल र श्री…

  • संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको फैसला आज आउदै

    संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिट…

  • निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

    निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना…

  • संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

    संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्न…