आज काठमाण्डौमा नेकपा (माओवादी) ले बेथिती, भ्रष्टाचार, महँगी र सरकारका जनविरोधी कदमका विरुद्ध खबरदारी सभा आयोजना गरेको छ। सो सभामा प्रमुख वक्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारको आलोचना गर्दै यसले जनताको हितमा काम गर्न नसकेको आरोप लगाए।
प्रचण्डले रवि लामिछानेको गिरफ्तारीको विरोध गर्दै उनलाई तुरुन्त रिहा गर्न माग गरे। उनले भने, “रवि लामिछानेलाई रिहा गरिनु पर्छ, उहाँको गिरफ्तारी भनेको जनतामा डर फैलाउने काम हो।”
अर्को विषयमा, प्रचण्डले केपी शर्मा ओली र शेरबहादुर देउवा प्रति कडा आलोचना गर्दै आफ्नो पार्टी अब यिनीहरूसँग कुनै पनि सरकारमा नजाने निर्णय गरेको जानकारी दिए। उनले भने, “अब म ओली र देउवाको सरकारमा जाने छैन, मेरो ध्यान अब नागरिकको सेवामा केन्द्रित हुनेछ।”
सभामा उपस्थित माओवादी कार्यकर्ताहरूले चर्को नाराबाजी गर्दै सरकारका असफल नीतिहरूको विरोध गरेका थिए र जनताका मुद्दाहरूमा सरकारको ध्यानाकर्षण गराए।
तस्बीर हरु
प्रतिकिर्या