राजनीति

२३औं राष्ट्रिय सम्मेलनमा पवन कार्कीको अध्यक्ष पदमा उम्मेदवारी घोषणा


erastriya बुधबार, असोज ०९, २०८१

काठमाडौं — अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनको तयारी भइरहँदा पवन कार्कीले संगठनको अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। सम्मेलन सुरु हुनु केही दिनअघि नै कार्कीले विद्यार्थी आन्दोलनलाई विधि र विधानअनुसार अगाडि बढाउनका लागि नेतृत्वमा आउने इच्छा व्यक्त गरेका हुन्।

उनले आफ्नो घोषणापत्रमा भनेका छन्, "मेरो उम्मेदवारी विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिन, प्रश्नहरूको होइन, उत्तरहरूको आन्दोलन बनाउनको लागि हो।" उनले संगठनभित्रको आन्दोलनलाई व्यवस्थित र सिद्धान्तमा आधारित बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। कार्कीको मुख्य उद्देश्य भनेको पुराना विधि र थिति हटाई आन्दोलनलाई नयाँ युगमा पुर्‍याउनु हो।

 यो ऐतिहासिक सम्मेलन संगठनका तत्कालीन उपाध्यक्ष बेनोज अधिकारी, महासचिव पुर्ण पौडेल, र जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेललगायतका हजारौं सहिद तथा बेपत्ता योद्धाहरूको सम्मानमा आयोजना गरिएको हो। यस अवसरमा संगठनले शहीदहरूले देखाएको बाटोमा दृढतापूर्वक अघि बढ्ने नयाँ अठोट, सङ्कल्प, र पुनर्प्रतिबद्धता जाहेर गर्ने योजना बनाएको छ।

जबसम्म नेपाली विद्यार्थी र शिक्षा क्षेत्रका समस्या समाधान हुँदैनन्, विद्यार्थी आन्दोलनको औचित्य समाप्त नहुने उनले ठोकुवा गरेका छन्।

उनी भन्छन्, "विद्यार्थी आन्दोलनलाई पत्रहरूको होइन, उत्तरहरूको आन्दोलन बनाउनका लागि मेरो उम्मेदवारी हो। यो उम्मेदवारी विद्यार्थीहरूका मुद्दाहरूलाई केन्द्रमा राख्दै समाजवादी शिक्षा बहाली गर्न र संविधानमा ग्यारेन्टी गरिएको शिक्षा, स्वास्थ्य, र रोजगारीको मौलिक हकलाई कार्यान्वयन गर्नका लागि हो। साथै, संगठनलाई विधि र विधानमा चलाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।सम्मेलनमा देशभरका विद्यार्थी साथीहरूको सल्लाह, सुझाव, र आग्रहको आधारमा महत्वपूर्ण निर्णयहरू गरिने बताइएका छन।

२३औं राष्ट्रिय सम्मेलनको तयारी भइरहँदा, विभिन्न नेताहरूले संगठनको नेतृत्व लिन उम्मेदवारी घोषणा गरिरहेका छन्। पवन कार्कीको उम्मेदवारीले संगठनलाई नयाँ दिशा र दृष्टिकोण दिनसक्ने विश्वास व्यक्त गरिएको छ। सम्मेलनको दौरानमा संगठनको नयाँ नेतृत्व चयन हुने अपेक्षा गरिएको छ।

उमेद्वारी घोषणा पत्रमा के लेखेका छन् पवन कार्की ले 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण
डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

१६ घण्टा अघि

नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र
नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र

असार २३, २०८२

प्रधानमन्त्री ओली र नाउपाका संरक्षक चौधरीबीच भेटवार्ता
प्रधानमन्त्री ओली र नाउपाका संरक्षक चौधरीबीच भेटवार्ता

असार २३, २०८२

'कुलिङ पिरियड' हेरफेर बारे छानबिन गर्ने विशेष समितिको नेतृत्व कांग्रेसलाई नदिने अडानमा रास्वपा
'कुलिङ पिरियड' हेरफेर बारे छानबिन गर्ने विशेष समितिको नेतृत्व कांग्रेसलाई नदिने अडानमा रास्वपा

असार २३, २०८२

ताजा अपडेट

  • डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

    डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे …

  • फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

    फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

  • नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोबार

    नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोब…

  • पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र कुवेत

    पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई

    साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिद…

  • रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

    रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्…

  • भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा

    भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने …