कानुन

अनलाइन बेटिङको आरोपमा 'बल्छी ध्रुवे' र 'राजु मास्टर' पक्राउ


erastriya बिहीबार, जेठ ३२, २०८०

अनलाइनमार्फत जुवा खेलाउने कार्यमा संलग्न भएको आरोपमा कलाकारहरूसमेत पक्राउ परेका छन् । बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्छी ध्रुवे भनेर चिनिने मरिचमान श्रेष्ठ र राजु मास्टर भनेर चिनिने राजु पौडेललगायतका कलाकारलाई अनुसन्धानका लागि पक्राउ गरेको हो  ।

कार्यालयका एक प्रहरी अधिकारीका अनुसार उनीहरूलाई काठमाडौंको स्वयम्भूलगायतका ठाउँबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेका अन्य कलाकारका बारेमा भने प्रहरीले केही खुलाएको छैन।

यसअघि बुधबार मात्र यसै प्रकरणमा अनलाइनमार्फत जुवा खेलाउने गिरोहका पाँच जना पक्राउ परेका थिए । विश्वभर सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने र क्रिप्टोकरेन्सीको कारोबार गर्ने पाँच जनालाई प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरूमध्ये एकै व्यक्तिले विभिन्न व्यक्तिका कागजात प्रयोग गरी ६३ वटा खाता खोलेर ६४ करोडको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यस घटनामा ७४ करोडभन्दा बढी कारोबार भएको देखिएको छ । पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न/गराउन नहुने कसुरअन्तर्गत थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौंमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रविन्द्र मिश्रलाई तीन लाख धरौटीमा छोड्ने आदेश
रविन्द्र मिश्रलाई तीन लाख धरौटीमा छोड्ने आदेश

असार ०३, २०८२

धवलशमशेरलाई तीन लाख धरौटीमा छोड्न आदेश
धवलशमशेरलाई तीन लाख धरौटीमा छोड्न आदेश

असार ०२, २०८२

सम्पर्क बीहीन भए रवीन्द्र मिश्र र धवल शम्शेर, जिम्मा लिएका वकिललाई ५० हजार जरिवाना
सम्पर्क बीहीन भए रवीन्द्र मिश्र र धवल शम्शेर, जिम्मा लिएका वकिललाई ५० हजार जरिवाना

जेठ २३, २०८२

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत

जेठ २२, २०८२

ताजा अपडेट

  • आफ्नै सासु आमासँग लभ परेपछि ज्वाईसँग बिहे, बिच्चलीमा छोरी

    आफ्नै सासु आमासँग लभ परेपछि ज्वाईसँग बिहे, बिच्चलीमा…

  • मृत्यु भयो भने लास लैजान मान्छे छैन, नेताहरु भाषण मात्रै गर्छन्- चन्द्र भण्डारी

    मृत्यु भयो भने लास लैजान मान्छे छैन, नेताहरु भाषण म…

  • पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

    पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्त…

  • टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै

    टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै

  • ट्रम्पलाई खामेनीको चेतावनी- धम्कीबाट डराउदैनौं, सैन्य हस्तक्षेप भए जवाफ दिन्छौं

    ट्रम्पलाई खामेनीको चेतावनी- धम्कीबाट डराउदैनौं, सैन्य…

  • काँग्रेसले नेता शास्त्रीको निधनमा तीन दिन शोक मनाउने

    काँग्रेसले नेता शास्त्रीको निधनमा तीन दिन शोक मनाउने

  • सरकार र सभामुखबाट बलजफ्ती संसद चलाइयो- नारायणकाजी श्रेष्ठ

    सरकार र सभामुखबाट बलजफ्ती संसद चलाइयो- नारायणकाजी …

  • इजरायल र इरानमा रहेका नेपालीहरुको उद्धारका लागि विवरण संकलन शुरु

    इजरायल र इरानमा रहेका नेपालीहरुको उद्धारका लागि वि…