काठमाडौँ: काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न प्रधानमन्त्री केपी ओलीलाई सामाजिक सञ्जाल मार्फत दबाब दिएका छन् ।बालेन शाहले समाजिक सञ्जालमा पोष्ट गर्दै भनेका छन् वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।
सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु ,
सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ ।
सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला ।
कहिले समाउने ?? कि नसमाउने ??
#balenshah
प्रतिकिर्या