बिज्ञान तथा प्रबिधि

को हुन् अर्बपति इलन मस्कको स्पेस एक्सका १४ वर्षीय इन्जिनियर


erastriya बिहीबार, जेठ ३२, २०८०

अन्तरिक्ष कम्पनी स्पेस एक्सका मालिक मस्कले सोमबार एक १४ वर्षीय किशोरलाई जागिर दिएका छन् । त्यो पनि सफ्टवेयर इन्जिनियरका रूपमा । उनी स्पेस एक्सका हालसम्मकै कम उमेरका कर्मचारी हुन् । र, अर्बपतिको कम्पनीमा जोडिन पाउने ती भाग्यमानी हुन्, अमेरिकाको सान फ्रान्सिस्कोका कैरान क्वाजी ।

११ वर्षको उमेरमा कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ अध्ययनका लागि सान्टा क्लारा विश्वविद्यालय भर्ना भएका थिए क्वाजी । उनी यही महिना ग्य्राजुएट हुँदै छन् । विश्वविद्यालयको १७२ वर्षे इतिहासमा सबैभन्दा कम उमेरमै स्नातक सक्नेमा पर्छन् उनी । अंग्रेजीमा एउटा भनाइ छ– ‘एज इज जस्ट अ नम्बर (उमेर एउटा अंक मात्र त हो) ।’ त्यसैलाई चरितार्थ गरिदिएका छन् क्वाजीले ।

‘फन’ र ‘टेक्निकल्ली च्यालेन्जिङ’ अन्तर्वार्ता प्रक्रिया पूरा गरेपछि उनले कम्पनीसँग जोडिने मौका पाएको स्पेस एक्सले जनाएको छ । कम्पनीका अनुसार उनी मानिसलाई मंगलग्रहमा पठाउने स्पेस एक्सको परियोजनामा आबद्ध हुनेछन् ।

‘म स्टारलिंक इन्जिनियरिङ टिममा सफ्टवेयर इन्जिनियरका रूपमा आबद्ध भएको छु,’ क्वाजीले भनेका छन् । उनले लिंक्डइनमा आफ्नो बायोडाटा अपडेट गर्दै स्पेस एक्सलाई ‘पृथ्वीकै सबैभन्दा उत्कृष्ट कम्पनी’ को संज्ञा दिएका छन् । उमेरभन्दा पनि आफ्नो सीप र क्षमता हेरेर कम्पनीले जागिर दिएको क्वाजीको भनाइ छ ।

उनी ९ वर्षको उमेरमा कक्षा तीनमा थिए । तर स्कुलको पढाइ उनलाई निकै सहज लाग्यो । १० वर्षको उमेरमा क्वाजीले सामुदायिक कलेजमा भर्ना पाएका थिए । त्यसपछि ११ वर्षको उमेरमा उनी कम्प्युटर साइन्स तथा इन्जिनियरिङ पढ्न सान्टा क्लारा विश्वविद्यालय पुगेका थिए ।

प्रतिष्ठित एसोसिएसन फर कम्प्युटर मेसिनरीको सदस्यसमेत भइसकेका क्वाजीले एसोसिएटेड स्टुडेन्ट गभर्नमेन्टमा सिनेटरको भूमिकासमेत निर्वाह गरिसकेका छन् । उनका शैक्षिक सल्लाहकार अहमेद अमेरले ‘ज्ञानका लागि क्वाजीको तिर्खा अतृप्त’ रहेको बताउँछन् ।

पढाइमा अब्बल उनले फुर्सदको समयमा साइन्स फिक्सन पढ्ने र विभिन्न गेम खेल्ने गर्थे । खासगरी उनले फ्लिप डिक लिखित साइन्स फिक्सन र क्रिड सिरिज गेम निकै रुचाउँछन् । त्यसो त, सामाजिक सञ्जालहरू पनि बाक्लै चलाउँछन् उनले । त्यसै क्रममा २०२३ को सुरुवातमा क्वाजीले एउटा जागिरका लागि अन्तर्वार्ताको तयारी गरिरहेको भन्दै इन्स्टाग्राममा पोस्ट राखेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

जापानले ३० को दशकमा  मकै र उखुबाट बनेको बायोएथेनोल इन्धनयुक्त नयाँ कार ल्याउने
जापानले ३० को दशकमा मकै र उखुबाट बनेको बायोएथेनोल इन्धनयुक्त नयाँ कार ल्याउने

कात्तिक २७, २०८१

हिउँदमा पनि मस्र्याङ्दीमा पूर्ण क्षमतामा विद्युत् उत्पादन
हिउँदमा पनि मस्र्याङ्दीमा पूर्ण क्षमतामा विद्युत् उत्पादन

कात्तिक २६, २०८१

मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो
मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो

असार ०३, २०८१

एनसेलको टावरमा बम विस्फोट
एनसेलको टावरमा बम विस्फोट

चैत २९, २०८०

ताजा अपडेट

  • खुसीको खबर इजरायलले भन्यो- विपिन जोशी जीवित छन्

    खुसीको खबर इजरायलले भन्यो- विपिन जोशी जीवित छन्

  • अन्नपुर्ण चक्रिय वैकल्पिक पदमार्गमा पर्यटक बढ्दै

    अन्नपुर्ण चक्रिय वैकल्पिक पदमार्गमा पर्यटक बढ्दै

  • फ्रान्सका प्रधानमन्त्री बार्निएरद्वारा राष्ट्रपति म्याक्रोँसमक्ष राजिनामा

    फ्रान्सका प्रधानमन्त्री बार्निएरद्वारा राष्ट्रपति म्याक्रोँसमक्ष राजिनामा

  • महिलाविरुद्धको जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैनः गृहमन्त्री लेखक

    महिलाविरुद्धको जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैनः गृहमन्त्री लेखक

  • भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न

    भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न

  • विश्व माटो दिवस मनाइँदै

    विश्व माटो दिवस मनाइँदै

  • एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज

    एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज

  • उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष

    उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष