बिज्ञान तथा प्रबिधि

को हुन् अर्बपति इलन मस्कको स्पेस एक्सका १४ वर्षीय इन्जिनियर


erastriya बिहीबार, जेठ ३२, २०८०

अन्तरिक्ष कम्पनी स्पेस एक्सका मालिक मस्कले सोमबार एक १४ वर्षीय किशोरलाई जागिर दिएका छन् । त्यो पनि सफ्टवेयर इन्जिनियरका रूपमा । उनी स्पेस एक्सका हालसम्मकै कम उमेरका कर्मचारी हुन् । र, अर्बपतिको कम्पनीमा जोडिन पाउने ती भाग्यमानी हुन्, अमेरिकाको सान फ्रान्सिस्कोका कैरान क्वाजी ।

११ वर्षको उमेरमा कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ अध्ययनका लागि सान्टा क्लारा विश्वविद्यालय भर्ना भएका थिए क्वाजी । उनी यही महिना ग्य्राजुएट हुँदै छन् । विश्वविद्यालयको १७२ वर्षे इतिहासमा सबैभन्दा कम उमेरमै स्नातक सक्नेमा पर्छन् उनी । अंग्रेजीमा एउटा भनाइ छ– ‘एज इज जस्ट अ नम्बर (उमेर एउटा अंक मात्र त हो) ।’ त्यसैलाई चरितार्थ गरिदिएका छन् क्वाजीले ।

‘फन’ र ‘टेक्निकल्ली च्यालेन्जिङ’ अन्तर्वार्ता प्रक्रिया पूरा गरेपछि उनले कम्पनीसँग जोडिने मौका पाएको स्पेस एक्सले जनाएको छ । कम्पनीका अनुसार उनी मानिसलाई मंगलग्रहमा पठाउने स्पेस एक्सको परियोजनामा आबद्ध हुनेछन् ।

‘म स्टारलिंक इन्जिनियरिङ टिममा सफ्टवेयर इन्जिनियरका रूपमा आबद्ध भएको छु,’ क्वाजीले भनेका छन् । उनले लिंक्डइनमा आफ्नो बायोडाटा अपडेट गर्दै स्पेस एक्सलाई ‘पृथ्वीकै सबैभन्दा उत्कृष्ट कम्पनी’ को संज्ञा दिएका छन् । उमेरभन्दा पनि आफ्नो सीप र क्षमता हेरेर कम्पनीले जागिर दिएको क्वाजीको भनाइ छ ।

उनी ९ वर्षको उमेरमा कक्षा तीनमा थिए । तर स्कुलको पढाइ उनलाई निकै सहज लाग्यो । १० वर्षको उमेरमा क्वाजीले सामुदायिक कलेजमा भर्ना पाएका थिए । त्यसपछि ११ वर्षको उमेरमा उनी कम्प्युटर साइन्स तथा इन्जिनियरिङ पढ्न सान्टा क्लारा विश्वविद्यालय पुगेका थिए ।

प्रतिष्ठित एसोसिएसन फर कम्प्युटर मेसिनरीको सदस्यसमेत भइसकेका क्वाजीले एसोसिएटेड स्टुडेन्ट गभर्नमेन्टमा सिनेटरको भूमिकासमेत निर्वाह गरिसकेका छन् । उनका शैक्षिक सल्लाहकार अहमेद अमेरले ‘ज्ञानका लागि क्वाजीको तिर्खा अतृप्त’ रहेको बताउँछन् ।

पढाइमा अब्बल उनले फुर्सदको समयमा साइन्स फिक्सन पढ्ने र विभिन्न गेम खेल्ने गर्थे । खासगरी उनले फ्लिप डिक लिखित साइन्स फिक्सन र क्रिड सिरिज गेम निकै रुचाउँछन् । त्यसो त, सामाजिक सञ्जालहरू पनि बाक्लै चलाउँछन् उनले । त्यसै क्रममा २०२३ को सुरुवातमा क्वाजीले एउटा जागिरका लागि अन्तर्वार्ताको तयारी गरिरहेको भन्दै इन्स्टाग्राममा पोस्ट राखेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अन्तरिक्षमा भेटियो 'रहस्यमय भाइरस', बैज्ञानिकहरू नै देखेर अचम्मित
अन्तरिक्षमा भेटियो 'रहस्यमय भाइरस', बैज्ञानिकहरू नै देखेर अचम्मित

जेठ ११, २०८२

कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा
कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

जेठ ०९, २०८२

माइक्रोसफ्टले यस बर्ष ६ हजार कर्मचारी कटौती गर्ने, दोस्रो सबैभन्दा ठुलो कटौती
माइक्रोसफ्टले यस बर्ष ६ हजार कर्मचारी कटौती गर्ने, दोस्रो सबैभन्दा ठुलो कटौती

जेठ ०७, २०८२

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम
भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

माघ ०३, २०८१

ताजा अपडेट

  • नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

    नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

  • कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

    कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

  • आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

    आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

  • राजकुमारीको प्रस्ताव ‘रिजेक्ट’ गरेर प्रेमिका रोज्ने फुटबल स्टार कोहुन

    राजकुमारीको प्रस्ताव ‘रिजेक्ट’ गरेर प्रेमिका रोज्ने फु…

  • कपालको विकासका लागि उपयुक्त बदामको तेल

    कपालको विकासका लागि उपयुक्त बदामको तेल

  • सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

    सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट…

  • करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

    करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा…

  • सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भावी आईजीपी बन्ने बाटो खुल्यो

    सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भा…