कानुन

पार्टीकाे कर्मचारी संगठन द्वारा सर्वोच्च अदालत भित्रै लोकसेवा कोचिङ सुरु


erastriya बुधबार, साउन १६, २०८१

काठमाडौँ । सर्वोच्च अदालतभित्र शुल्क लिएर कोचिङ कक्षा सञ्चालन गरिएपछि चर्को विरोध सुरु भएको छ। नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, सर्वोच्च अदालत विभागीय कार्यसमितिले मंगलबारदेखि लोकसेवा तयारी कक्षा सुरु गरेपछि यो विवाद उत्पन्न भएको हो।

विभागीय कार्यसमितिले कोचिङ कक्षा सञ्चालन गर्न शुल्क असुलेको भन्दै अन्य कर्मचारीहरूले आपत्ति जनाएका छन्। उनीहरूको दाबी छ कि यो कदमले अदालतको निष्पक्षता र प्रतिष्ठामा आँच पुर्याउँछ। विरोध गर्ने कर्मचारीहरूले अदालतजस्तो संस्थामा यस्तो क्रियाकलाप अस्वाभाविक भएको र यसले आन्तरिक व्यवस्थापनमा असर पर्ने बताएका छन्। सर्वोच्चको एनेक्स भवनको सभाहलमा बिहान साढे ६ देखि साढे ८ बजेसम्म न्याय सेवाको लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको छ । संगठनले ५० जनाको सिट सङ्ख्या नै निर्धारण गरेर कक्षामा सहभागी हुन साढे १३ हजार रुपैयाँ शुल्क तोकेको छ ।

 सूचनामा लोकसेवा आयोगबाट लिइने नेपाल न्याय सेवा (न्याय, कानुन र सरकारी वकिल समूह) उपसचिव पदको प्रथम र द्वितीय दुवै पत्रको तयारी कक्षा सञ्चालन हुने र सहभागिताका लागि भर्ना शुल्कबापत साढे १३ हजार रुपैयाँ तिर्नुपर्ने उल्लेख छ । ख्यातिप्राप्त विषयविज्ञ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन हुने बताउँदै उनले भने, ‘हामीले निकै कम शुल्कमा कक्षा सञ्चालन गरेका हौँ ।’ उनका अनुसार साढे दुई महिना कक्षा सञ्चालन हुने छ । संगठन र अदालतभित्रका कर्मचारीका लागि न्यूनतम शुल्कमा कक्षा सञ्चालन गरिएको उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ
विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

२ घण्टा अघि

सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न गृहमन्त्रीसमक्ष माग
सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न गृहमन्त्रीसमक्ष माग

मंसिर ०२, २०८१

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ

मंसिर ०२, २०८१

राष्ट्रपति पौडेलसँग राष्ट्रसङ्घका महासचिवले शिष्टाचार भेट गर्दै
राष्ट्रपति पौडेलसँग राष्ट्रसङ्घका महासचिवले शिष्टाचार भेट गर्दै

कात्तिक २८, २०८१

ताजा अपडेट

  • विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

    विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

  • नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

    नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

  • यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

    यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

  • स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

    स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

  • जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का

    जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का

  • गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला’ सुरु

    गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला’ सुरु

  • काठमाडौँमा सात देशको कला प्रदर्शनी

    काठमाडौँमा सात देशको कला प्रदर्शनी

  • ‘मानसिक स्वास्थ्य सम्बन्धी समस्या समाधानमा सबै पक्ष गम्भीर हुनुपर्ने’

    ‘मानसिक स्वास्थ्य सम्बन्धी समस्या समाधानमा सबै पक्ष गम्भीर हुनुपर्ने’