मनोरञ्जन

बालेन को प्रचण्ड डान्स सामाजिक सञ्जालमा भाइरल


erastriya बुधबार, साउन ०२, २०८१

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाहको डान्स स्टेप अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उनले निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हाउभाउ नक्कल गर्दै नाचेको भिडिओ क्लिप धेरैले मजा मान्दै सेयर गरेका छन् ।

मेयर शाह सार्वजनिक कार्यक्रममा निकै कम देखिन्छन् । जहाँ जाँदा पनि भीड जम्मा भइहाल्ने भएकाले उनी आफूलाई आउने धेरै निम्ताहरु पन्छाउने गर्छन् । कतै गइहाले भने उनको फोटो र भिडिओ भाइरल हुने निश्चित नै हुन्छ ।शाह गत बुधबार एउटा वैवाहिक समारोहमा सहभागी भएका थिए । एकदमै आत्मीय भाइको विवाहमा जाँदा उनले साथीहरुसँग गरेको डान्स भाइरल बनेको हो । रोचक के छ भने विवाहमा जन्ती जाँदा दुलाहा चढेको गाडी बालेन आफैंले हाँकेका थिए । ताहाचलबाट सोह्रखुट्टे जन्ती गएको थियो । विवाहमा बालेन निकै रमाइलो मुडमा थिए र खुलेर नाचेका थिए ।

संयोगले बालेनको यो डान्स बाहिर आउनु र प्रचण्डको सत्ताबाट बहिर्गमन एकैपटक भयो । कतिले प्रचण्ड प्रधानमन्त्रीबाट हटेको खुशीमा बालेन नाचेको भन्दै भ्रम पनि फैलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एलिना चौहानको म त एक्लै ज्यूँछु बरु बजारमा
एलिना चौहानको म त एक्लै ज्यूँछु बरु बजारमा

१४ घण्टा अघि

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार
करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

जेठ १७, २०८२

संगीतकार ज्योति प्रकाशको “छैन जुन आज” सार्वजनिक
संगीतकार ज्योति प्रकाशको “छैन जुन आज” सार्वजनिक

जेठ १२, २०८२

सकियो अक्षय कुमारको फिल्म ‘भूत बंगला’ को सुटिङ
सकियो अक्षय कुमारको फिल्म ‘भूत बंगला’ को सुटिङ

जेठ ०६, २०८२

ताजा अपडेट

  • सुुनकोशी मरिन डाइभर्सन समयमा नसकिए ठेक्का तोडिनेछः प्रधानमन्त्री

    सुुनकोशी मरिन डाइभर्सन समयमा नसकिए ठेक्का तोडिनेछः …

  • रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो

    रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्…

  • वीर अस्पतालमा कमल थापाको स्वास्थ्य परिक्षण हुदैँ

    वीर अस्पतालमा कमल थापाको स्वास्थ्य परिक्षण हुदैँ

  • खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट नि…

  •  २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष पक्राउ

     २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थाप…

  • शिक्षाको मापदण्डको आधारमा मौलापुर मधेश प्रदेशमै उत्कृष्ट

    शिक्षाको मापदण्डको आधारमा मौलापुर मधेश प्रदेशमै उत्कृ…

  • ‘शीला की जवानी...’ फराह खानको सबैभन्दा सस्तो गीत, जसले पाएको थियो धेरै अवार्ड

    ‘शीला की जवानी...’ फराह खानको सबैभन्दा सस्तो गीत, ज…

  • प्रधानमन्त्रीले आज एकैपटक ६४ सडक शिलान्यास गदै, १२ सय ७० करोडको योजना

    प्रधानमन्त्रीले आज एकैपटक ६४ सडक शिलान्यास गदै, १२ सय…