राजनीति

रास्वपाले मुकुल ढकाल लाई कारवाही गर्ने महामन्त्री सन्तोष परियार बन्दै


erastriya बुधबार, असार २०, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकाललाई पदबाट हटाउने निश्चित भएको छ। बुधबार बिहान ८ बजेदेखि पार्टी कार्यालय बनस्थलीमा जारी केन्द्रीय समितिको बैठकले सम्भवत ढकाललाई महामन्त्रीको जिम्मेवारीबाट हटाउने छ।त्यसैको तयारीस्वरूप सभापति रवि लामिछानेले महामन्त्रीका रूपमा बैठकमा ढकाललाई बैठकका एजेण्डासमेत पेश गर्नबाट बञ्चित गरेका छन्।

मंगलबार साँझ गृहमन्त्रालयमा बसेको सभापति लामिछानेसहितका केही नेताहरूको बैठकले ढकाललाई तत्कालै जिम्मेवारी मुक्त गरेर अघि बढ्ने योजना बनाएका छन्।

उक्त बैठकमा लामिछानेसहित उपसभापति स्वर्णिम वाग्ले, प्रमुख सन्तोष परियार, सहमहामन्त्रीहरू सुमना श्रेष्ठ र कवीन्द्र बुर्लाकोटी सहभागी थिए। त्यहीं बैठकको योजनाअनुसार महामन्त्री ढकाललाई बैठकको एजेण्डा पेश गर्ने अधिकारबाट नै सभापति लामिछानेले बञ्चित गरेका हुन्।

विश्वस्त स्रोतले बताएअनुसार अब महामन्त्रीको जिम्मेवारी परियार दिइने भएको छ। महामन्त्रीमा सहमहामन्त्रीहरू श्रेष्ठ र बुर्लाकोटी पनि इच्छुक भएपनि संगठनात्मक काममा गरेका परियारलाई संसदीय कामबाट पार्टी कामको जिम्मेवारी दिने ‘कोर टिम’को निर्णय छ। उक्त निर्णयलाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ। परियार एमाले अखिलको राजनीतिबाट आएका नेता हुन्।

त्यस्तै, परियार महामन्त्री बनेपछि प्रमुख सचेतकमा सोविता गौतमलाई जिम्मेवारी दिइने भएको छ। काठमाडौं- २ बाट निर्वाचित गौतमसँग सभापति लामिछानेको लाइन नमिल्दा अन्य अवसरको पदबाट बञ्चित हुँदै आएकी थिइन्। अब उनलाई प्रमुख सचेतकको जिम्मेवारी दिइने पक्का भएको रास्वपाका एक नेताले जानकारी दिए।

देशसञ्चार 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण
डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

१५ घण्टा अघि

नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र
नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र

असार २३, २०८२

प्रधानमन्त्री ओली र नाउपाका संरक्षक चौधरीबीच भेटवार्ता
प्रधानमन्त्री ओली र नाउपाका संरक्षक चौधरीबीच भेटवार्ता

असार २३, २०८२

'कुलिङ पिरियड' हेरफेर बारे छानबिन गर्ने विशेष समितिको नेतृत्व कांग्रेसलाई नदिने अडानमा रास्वपा
'कुलिङ पिरियड' हेरफेर बारे छानबिन गर्ने विशेष समितिको नेतृत्व कांग्रेसलाई नदिने अडानमा रास्वपा

असार २३, २०८२

ताजा अपडेट

  • डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

    डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे …

  • फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

    फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

  • नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोबार

    नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोब…

  • पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र कुवेत

    पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई

    साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिद…

  • रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

    रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्…

  • भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा

    भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने …