शिक्षा

पुरुषको यौ न क्षमता बढाउने वनस्पतिहरु


erastriya बुधबार, जेठ ३१, २०८०

यौन क्षमतामा वृद्धिको अर्थ यौनद्वारा मानिसलई प्राप्त हुने भौतिक आनन्दलई कायम राख्ने, बढाउने तथा प्रज ननशक्ति अर्थात अर्को पुस्ता जन्माउने शक्तिलाई राख्ने र बढाउने दुवै अध्ययनद्वारा प्रेरित हुन्छ ।

यथार्थमा यौन शक्ति वद्र्धक भनेर मानिएका प्राकृतिक स्रोतबाट प्राप्त हुने खाद्य पदर्थहरुले तत्कालै यौन उत्तेजना बढाउने मात्र नभई दीर्घकालसम्म यौन आनन्दभोग र सन्तानप्राप्तिको क्षमतालाई नियमबद्ध रुपमा विकसित गरेर कायम राख्छन् । हामीले दैनिक रुपमा खाने गरेका वा हाम्रै वरिपरिका वातावरणमा उब्जने, फल्ने वा फुल्ने प्राकृतिक जैविक तत्वहरुमा त्यो क्षमता रहेको हुन्छ भन्ने कुरा पूर्वामा वेद, उपनिषद्, पुराण र पश्चिममा धर्मग्रन्थहरु र आधुनिक विज्ञानको पनि चासो र सरोकारको विषय रहिआएको छ । अर्थवेदमा त विविध वनस्पतिहरुको उल्लेख पाइन्छ । 

१. अदुवाः पुरुषमा यौन शक्तिवद्र्धनका लागि अदुवाको प्रयोगलाई उपयोगी मानिएको छ । यसले पुरुषको लिङ्गलगायत सम्पूर्ण यौन क्षमताको विकास गर्ने विश्वास गरिन्छ ।

२. बेलको पातः बेल यस्तो रुख जसका पातलाई हिन्दु संस्कृतिमा शिवको पूजाआराधना गर्दा चढाउन आवश्यक मानिन्छ । यस कुराको साङ्ककतिक अर्थ पनि छ कारण बेलका पातको नियमित सेवन गर्नाले मानसिक शक्ति विकास हुने र एकाग्रता बढाएर त्यसका माध्यमबाट पुरुषमा लिङ्ग उत्तेजना गर्ने र त्यसलाई आवश्यक समयसम्म कायम राख्न सकिने विश्वास गरिन्छ ।

३. महः महमा फ्रुक्टोज नाम गरेको कार्बोहाइड्रेट तत्व हुन्छ जो माहुरीद्वारा मह बनाउन प्रयोग गरिने फूल र वनस्पतिबाट प्राप्त हुन्छ । यसलाई नियमित रुपमा रातिको भोजनपछि सेवन गर्नाले शक्ति प्राप्त हुने र  यौन उत्तेजना उत्पन्न गर्न र त्यसलाई कायम राख्न मद्दत गर्ने विश्वास गरिन्छ ।

४. लिचीः लिची यस्तो फल हो जुन जेठ असार महिनातिर फल्दछ र बाहिरबाट काँढैकाँढा भएको बोक्र्राले छोपिएको हुन्छ । त्यसको भित्रपट्टि सेतो, कमलो मासुजस्तो भाग हुन्छ र त्यसभन्दा पनि भित्रपट्टि गाढा रङको गेडा हुन्छ । यसमा पुरुषत्व र प्रजननशक्ति बढाउने(शु क्रकीटको क्षमता बढाउने) तत्वहरु भएको मानिन्छ । यसका अतिरिक्त यसले कमजोरी घटाउने र स्फूर्ति बढाउने तथा पुरुष यौनाङ्ग मा शिथिलता आउन नदिने विश्वास गरिन्छ ।

५. मकाः यो दक्षिण अमेरिकामा अवस्थित पेरु राज्यमा फैलिएको एन्डिज पर्वतमालामा पाइने एकथरी रुखको जरा हो । यसले यौ नेच्छा बढाउने, लिङ्गको कडापन बढाउनाका साथै पुरुषको आनन्द लाई वृद्धि गर्ने विश्वास गरिन्छ ।

६. मुइरापुवामाः ये दक्षिणी अमेरिकाली महादेशमै अवस्थित अर्को राज्य ब्राजिलमा पाइने एक किसिमको घाँसको घारी हो । यसमा यौन संवेद नाका नसाहरुलाई उत्ते जित गरी शारीरिक र मानसिक यौन आनन्द बढाउने क्षमता भएको विश्वास गरिन्छ ।

७. माछाः खासगरी ओएस्टार, लोब्स्टर, मुसेल तथा अन्य जातका माछाहरु र तिनमा पाइने तेल एवम् माछाका टाण्कामा यौन वद्र्धक तत्व हुने विश्वास गरिन्छ ।

८. रोडिओला रोजियाः यस नामको वनस्पतिले यौन क्षमता बढाई मानिसको यौ नशक्ति वृद्धि गर्ने र खासगरी शी घ्रपतनको रोकथाममा यो उपयोगी हुने विश्वास गरिन्छ । साथसाथै यसले परिपक्व उमेरका पुरुषहरुलाई युवाजस्तो यौन जीवन बिताउन सहयोग गर्दछ भन्ने जनश्रुति छ ।

९. जिन सेङः जिन सेङ यस्तो खनिज पदार्थ हो जो चीन, कोरिया, संयुक्त राज्य अमेरिकालगायत विश्वका अन्य केही भागमा पनि पाइन्छ । यसले शरीरमा नाइ ट्रिक अक्साइडको मात्रा बढाएर तथा मस्तिष्कमा डोया मिनको मात्रा र असरलाई चुस्तदुरुस्त राखेर नपुंस कता हटाउने तथा यौन उत्तेजना बढाउने काम गर्दछ भन्ने विश्वास गरिन्छ ।

१०. हरनिगोटविडः यो पातैपात हुने एक प्रकारको वनस्पति हो जसले पुरुष यौन शक्ति वद्र्धकका रुपमा काम गर्ने विश्वास गरिन्छ ।

११. दामियनाः यो खसी बाख्राको आहारका रुपमा प्रयोग हुने जङ्गलामा पाइने एक किसिमको वनस्पति हो जसले बारम्बार यौन सम्पर्क राख्न इच्छा लाग्ने तथा चरम आनन्दको स्तर वृद्धि गरी पुरुष यौन कमजोरीलाई हटाउन मद्धत गर्दछ । साथै, यसले पाचनप्रणालीको भित्री झिल्लीलाई पनि स्वस्थ राख्तछ भन्ने विश्वास गरिन्छ । ल्याटिन अमेरिकाको जमाइका भन्ने टापुमा एउटा भनाइ पनि छ ‘बोकाले यो घाँस खाँदा नाटकीय तरिकाले उसको यौ नशक्ति बढेको देखिन्छ ।’

१२. एसप्यारागसः लिङ्गको आकारको यो सूक्ष्म वनस्पतिलाई प्रेमको आहार पनि भन्ने गरिन्छ । उसमा हुने पोटासियमले शरीरका दोष युक्त पदार्थहरुलाई शरीरबाट फाली शरीरमा पानीको सन्तुलन मिलाएर अप्रत्यक्ष रुपम यौन क्षमतामा पनि वृद्धि गर्ने विश्वास गरिन्छ ।

१३. आर्जिनिनः प्रोटिनयुक्त खानाहरु, जस्तै गेडागुडी, अण्डा, नरिवलको दूध, चिज आदि खाद्य पदार्थहरुमा पाइने यो एक किसिमको एमिनो ए सिड हो । यसले नाइ ट्रिक अक्सा इड तयार गरेर यसका माध्यमबाट यौ नाङ्गमा र गत प्रवाह बढाउँदछ । लिङ्गको कडापनका लागि नाइ ट्रिक अक्साइड प्राथमिक आवश्यकताको तत्व मनिन्छ । साथसाथै यसमा उमेरका परिवर्तनहरु कम गर्ने (ए न्टी अक्सिडेन्ट) गुण पनि हुन्छ । उसका कारणले पुरुषत्व र यौ वनलाई वृद्धावस्थाम पनि निरन्तरता दिन यसले मद्दत गर्दछ । त्यसका साथै शुक्रकीटको अग्रगति लिने क्षमतामा वृद्धि गरेर पुरुषका कारणबाट हुने बाँझोपन हटाउन यसले समत्वपूर्ण भूमिका खेल्न सक्तछ ।

१४. अश्वगन्धाः झारका रुपमा जमिनमा उम्रने यो वनस्पति आयुर्वेदिक हिसाबले मस्तिष्कको तीक्ष्णता र यौन शक्तिको निरन्तरताका लागि अत्यन्त उपयोगी मानिन्छ ।

१५. पाँचऔंलेः नेपालका विभिन्न भागहरुमा पाइने यो वनस्पति आयुर्वेदमा शास्त्रीय हिसाबले पनि यौन क्षमता वृद्धिका लागि उपयोगी मानिन्छ ।

१६. केशरः यो खाद्य तत्व पनि आयुर्वेदिक दृष्टिकोणबाट यौन क्षमता र मानसिक एकाग्रताका लागि उपयोगी मानिन्छ ।

१७. यार्चागुम्बाः विश्वमा अहिलेसम्म कर्डिसेप्स वर्गमा पर्ने ढेसी(स्याक फङ्गस) हरुका ६८० भन्दा बढी प्रजातिहरु पत्ता लागेका छन् । यीमध्ये सबैभन्दा परिचित ढुसी आर्चागुम्बालाई अंग्रेजीमा ‘क्याटरपिलरफङ्गस’ भनिन्छ । यसको वैज्ञानिक नाम ‘कर्डिसेप्स सिनेसिस’ हो । ल्याटिन शब्दहरु कर्ड, क्लब, सेप्स, डेड(पन्जा जस्तो टाउको भएको) र चिनियाँ भन्ने अर्थमा ‘सिनेसिस’बाट यसको वैज्ञानिक नाम ‘कर्डिसेप्स सिनेसिस’ राखिएको हो ।

१८. काउछाको बीजः काउछो कोसे वनस्पति हो । यसको बिउलाई धुलो बनाएर नियमित रुपमा खाँदा पुरुषको यौन स्वास्थ्यमा सकारात्मक असर पर्दछ र यसबाट यौन दुर्बलता तथा नपुंस कता हराउँदछ भनी आयु र्वेदमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

पाइलट पढ्न थाले १ रुपैँया अभियानबाट रकम जुटाएका दिपेन्द्र !
पाइलट पढ्न थाले १ रुपैँया अभियानबाट रकम जुटाएका दिपेन्द्र !

चैत १६, २०८०

नयाँ विधेयक: निजामती कर्मचारीले राजनीती गरे अब सिँदै जागिर चैट हुने
नयाँ विधेयक: निजामती कर्मचारीले राजनीती गरे अब सिँदै जागिर चैट हुने

फागुन २२, २०८०

भ्रष्टाचार गरेको आरोपमा क्रान्तिकारीले शिक्षा शाखा प्रमुखलाई दले कालोमोसो
भ्रष्टाचार गरेको आरोपमा क्रान्तिकारीले शिक्षा शाखा प्रमुखलाई दले कालोमोसो

फागुन १६, २०८०

अस्ट्रेलिया पढ्न जाने भिसा स्वीकृत मा हाल सम्मा कै न्यून
अस्ट्रेलिया पढ्न जाने भिसा स्वीकृत मा हाल सम्मा कै न्यून

फागुन १२, २०८०

ताजा अपडेट

  • अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

    अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

  • अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने  काम नगर्ने प्रतिबद्धता

    अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने काम नगर्ने प्रतिबद्धता

  • गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

    गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

  • ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

    ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

  • खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

    खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

  • ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

    ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

  • गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

    गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

  • नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति

    नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति