राजनीति

भ्रष्टाचारका फाइल खोल्न सुरु गर्नासाथ सत्ता ढल्यो : रवि लामिछाने


erastriya मंगलबार, असार १९, २०८१


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरुले फाइल खोल्न सुरु गरेपछि सरकार ढलेको बताएका छन् । मंगलबार पार्टीको सचिवालय बैठक सकेर निस्किने क्रममा उनले दुई ठूला राजनीतिक दलहरुआफूहरुले भ्रष्टाचारका फाइल खोल्न सुरु गरेपछि सत्ता समिकरण फेरबदलमा लागेको बताएका हुन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले आफूहरुले भ्रष्टाचारका फाइल खोल्न सुरु गर्नासाथ सत्ता समिकरण परिवर्तन र संविधान संसाेधनकाे प्रपञ्च गरिएकाे बताए । ‘जुन ढंगले सरकार अघि बढेको थियो । तपाईँहरु नै भन्नुहुन्थ्यो, फाइल खोल्नुपर्यो । फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयो । यसलाई के भन्नु र मैले । ’, उनले थपे, 'त्यो बेचैनीको अर्थ के होला ? एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो । यो संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको ? यो त सबैले बुझेकै कुरा हो । यसको संवैधानिक प्रक्रिया सुरु होला । त्यसपछि अरु गर्नुपर्ने कुराहरु छँदै छन् ।’

विषम परिस्थितिमा दुई ठूला दलहरु मिलेर संविधान परिवर्तन गर्ने कुरा जायज भएपनि तत्कालका लागि गरिएको सो प्रपञ्च भ्रष्टहरुलाई जोगाउन गरिएको प्रयास भएको बताएका छन् । ‘अहिले के संकट आइपर्यो ? अहिले त सुशासनका लागि केही मानिसहरु पक्राउ परे । अहिले देशका लागि आउन लागको संकट थियो र भ्रष्टहरुलाई आउन लागेको संकट थियो ? कसलाई जोगाउन खोजेको यो ? कसलाई जोगाउन लागि यो रातारात परिवर्तन भयो होला ? यति पनि नबुझ्ने को छ ?’, उनले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल
पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

१८ मिनेट अघि

राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देनविरुद्ध मोर्चाबन्दी
राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देनविरुद्ध मोर्चाबन्दी

४१ मिनेट अघि

डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण
डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

२१ घण्टा अघि

नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र
नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र

असार २३, २०८२

ताजा अपडेट

  • पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

    पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकार…

  • अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

    अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

  • राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देनविरुद्ध मोर्चाबन्दी

    राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देन…

  • एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्बजनिक

    एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्र…

  • डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

    डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे …

  • फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

    फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

  • नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोबार

    नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोब…

  • पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र कुवेत

    पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र …