अन्तर्राष्ट्रिय

वारेन बफेट ले गरे ७ खर्ब रुपैयाँ भन्दा बढी सम्पत्ति दान


erastriya आइतबार, असार १७, २०८१

काठमाण्डौ । अमेरिकी सेयर बजारका‘बाहशाह’ उपनामले परिचित तथा बर्कशायर हाथवेका संस्थापक वारेन बफेटले अहिलेसम्मकै सबैभन्दा ठूलो वार्षिक दान गरेका छन् । बफेटले बर्कशायर हाथवेको ५.३ बिलियन डलरबराबरको सेयर ५ वटा च्यारिटीलाई प्रदान गरेका हुन् ।  आगामी अगस्टमा ९४ वर्ष पुग्न लागेका बफेटले ‘ए’ क्लासको ८ हजार ६७४ कित्तालाई परिवर्तन गरेर १३ लाख कित्ता ‘बी’ क्लासको सेयर दान गर्ने घोषणा गरेका हुन् ।  

जसमध्ये ९ लाख ९३ हजार कित्ता सेयर बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनलाई प्रदान गरिएको छ भने बाँकी रहेको सेयर सुसन थोमशन बफेट फाउन्डेशन र बफेटका सन्तान हावर्ड,सुसन र पिटर बफेटले सञ्चालन गरिरहेको च्यारिटलाई दान गरिएको छ ।  बफेटले सन् २००६ देखि ५ वटा च्यारिटीलाई दान गर्दै आईरहेका छन् । दानपश्चात बर्कशायर हाथवेमा अब बफेटको १३० बिलियन डलरबराबरको २ लाख ७ हजार ९६३ कित्ता‘ए’ श्रेणीको सेयर र २ हजार ५८६ कित्ता ‘बी’श्रेणीको सेयर स्वामित्व रहेको छ ।  

बफेटले वाल स्ट्रिट जर्नललाई दिएको अन्तवार्तामा आफ्नो मृत्युपश्चात आफुले खडाको साम्राज्य आफ्ना सन्तानहरुले सम्हाल्ने र सबै च्यारिटीमा दान गरिने बताएका छन् । ‘यो संसारमा ८ बिलियन मानिसहरु छन् र म र मेरा सन्तानहरु विश्वका १ प्रतिशत भाग्मानीभित्र १०० औं मा पछौं । आम मानिसहरुलाई सहयोग गर्ने धेरै तरिकाहरु छन्,’ बफेटले भने । मृत्यु पश्चात बफेटको ९९ प्रतिशत सम्पत्ति च्यारिटीमा खर्च गरिनेछ । बफेटले आफ्नो मृत्युपश्चात बिल एण्ड मेलिना गेट्स फाउन्डेशनले आफ्नो मृत्युपश्चात कुनै पनि च्यारिटी प्राप्त नगर्ने बताएका छन् । बलि गेट्स र मेलिनाको डिभोर्सपछि बफेटले सन् २०२१ को जुनमा गेट्स फाउन्डेशनको ट्रस्टीबाट राजीनामा दिएका थिए ।  

बफेटले आफ्नो मत्युपश्चात आफूले आर्जन गरेको सबै सम्पत्तिका बारेमा विवरणहरु सार्वजनिक गरिने समेत बताए ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै
एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

चैत ०३, २०८१

रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार
रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार

फागुन २६, २०८१

North Korea fires missiles as South begins drills with US
North Korea fires missiles as South begins drills with US

फागुन २६, २०८१

परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान
परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान

फागुन २६, २०८१

ताजा अपडेट

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

  • यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु

    यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण…

  • सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

    सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित …

  • त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

    त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानम…