गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएपछि फरार रहेका गितेन्द्रबाबु राई (जीबी) को मलेसियाको लोकेशन पत्ता लागि सकेको
बताएका छन् ।
बिहीबार बिहान चितवनको भरतपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले राईको लोकेशन पत्ता लागेकाले नेपाल ल्याउन प्रयास भइरहेको बताएका हुन् ।
'हामीले जीबी राईलाई लोकेट गरेका छौँ । ऊ कहाँ छ भन्ने हामीलाई थाहा छ । मलेसियाका गृहमन्त्रीजीले कन्फर्म गर्नुभएको छ लोकेशन,' उनले भने,'नेपाल ल्याउन हामीले कोसिस गरिरहेका छौँ । सबैभन्दा बढी हुटहुटी मलाई छ ।'
गृहमन्त्री लामिछानेले सुपुर्दगी सन्धि नभएकाले मलेसियाबाट नेपाल ल्याउन कूटनीतिक पहल गर्न समस्या भइरहेको बताए ।
प्रतिकिर्या