अन्तर्राष्ट्रिय

विमान दुर्घटनापछि घना जङ्गलमा ४० दिनसम्म कसरी बाँचे यी चार बालबालिका ?


erastriya मंगलबार, जेठ ३०, २०८०

 

विगत ४० दिनदेखि घना जङ्गलमा हराइरहेका चार बालबालिका जीवित र सकुशल फेला परेको वाकीटकीमा सेनाको कोडेड सन्देशमार्फत जनताले थाहा पाए ।

यी चार बालबालिका कोलम्बियाको हुइटोटो आदिवासी समुदायका हुन् । मे १ मा भएको विमान दुर्घटनामा सबै बालबालिका बेपत्ता भएका थिए । तीन चारै जना बालबालिका हल्का विमानमा यात्रा गरिरहेका थिए जुन मे १ मा बिहानै अमेजनको घना जङ्गलका बीच दुर्घटनाको सिकार भएको थियो । 

उक्त दुर्घटनामा बालबालिकाकी आमाको मृत्यु भएको थियो । त्यसपछि ती १३ वर्ष, ९ वर्ष, चार वर्ष र एक वर्षका बालबालिका विषालु सर्प, खतरनाक जगुआर र लामखुट्टे बस्ने घना जङ्गलमा फसेका थिए ।

राहत र उद्धारकर्ताहरूले सुरुमा यी चार बालबालिकाको पनि विमान दुर्घटनामा मृत्यु भएको अनुमान गरेका थिए।

यद्यपि, जङ्गलमा बालबालिकाको पाइलाको छाप, आधा खाएको जङ्गली फलफूल र अन्य सुरागहरूले उद्धार टोलीहरूमा आशा जगायो कि बच्चाहरू विमान दुर्घटनामा बाँचेका छन् र मद्दत खोज्न दुर्घटना स्थलबाट टाढा गएका छन् ।

विमान दुर्घटनापछि ६ हप्तासम्म यी चार बालबालिकाले यस्ता धेरै कठिनाइहरूको सामना गर्नुपरेको थियो, जसबाट बाँच्न सम्भव थिएन । त्यसैले, कोलम्बियाका राष्ट्रपतिले भनेका छन्, ‘यी बालबालिका बाँच्नु एउटा उदाहरण हो जुन इतिहासमा सधैँ रेकर्ड रहनेछ ।’

विमान दुर्घटनापछि बालबालिका खोज्ने अभियान चलिरहँदा कोलम्बियाका अधिकारीको सुस्त गतिका लागि आलोचना पनि भएको थियो । राष्ट्रपति गुस्ताभ पेट्रोको कार्यालयले बालबालिकाको पुनर्मिलनको बारेमा गलत ट्विट गरेपछि राष्ट्रपतिको पनि चर्को आलोचना भएको थियो ।

अधिकारीहरूले विमान दुर्घटना स्थल वरपरको जङ्गलमा १०,००० पर्चाहरू खसाले । यसमा स्पेनिस भाषा र हुइतोतो आदिवासीले बुझ्ने गरी जङ्गलमा जिउँदो बच्ने तरिका लेखिएको थियो । 

हेलिकप्टर मार्फत जङ्गलमा लाउडस्पीकर मार्फत घोषणा गरिन्थ्यो, जसमा ती बालबालिकाको हजुरआमाले बालबालिकाको खोजी भइरहेको छ है भन्दै आफ्नो स्वरमा प्रोत्साहन दिन्थिन् । 

तर, मिडियाको नजरबाट टाढा रहेर कोलम्बियाली सेना यी बालबालिकाको नजिक हुँदै गयो । उद्धार कार्यको नेतृत्व गर्ने टोलीका कमान्डर जनरल पेड्रो सान्चेजले भने कि उद्धार टोलीका सदस्यहरू कहिलेकाहीँ बच्चाहरू फेला परेको ठाउँबाट २० देखि ५० मिटर  तल गएका थिए ।

अन्ततः जङ्गलमा बालबालिका फेला परे । त्यति बेला स्थानीय जनजाति समुदायका १५० सैनिक र २ सय स्वयंसेवक खोजीमा लागेका थिए । उनीहरू सबैले ३०० वर्ग किलोमिटर इलाकामा बच्चाको खोजी गरेका थिए ।

खोज अभियानको क्रममा, जनरल पेड्रो सान्चेजले पत्रकारहरूलाई भने, ‘यो भुसको थुप्रोमा सियो खोजेजस्तो होइन । हाम्रो अभियान त एक विशाल गलैँचाबाट एउटा सानो माहुरी खोज्नु सरह हो ।’

तर एक महिनाभन्दा बढी समयसम्म चलेको खोजी अभियान शुक्रवार टुङ्गिएको थियो जब विशेष स्निफर कुकुरले ती बालबालिकालाई जङ्गलको बीचमा फेला पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा
रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

साउन १५, २०८२

नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने
नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

साउन १३, २०८२

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै
भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

साउन ०८, २०८२

मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर
मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर

साउन ०८, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा