साहित्य

डाक्टर मुस्कान जो डाक्टर पेसा छाेडेर कवितामा जिवन खोज्दै छिन!


erastriya बिहीबार, जेठ ०३, २०८१

डाक्टर मुस्कान पोख्रेलले यतिबेला “द पोएट आइडल” मार्फत कविताको दुनियाँमा आफ्नो छुट्टै परिचय स्थापना गर्न सफल बनेकी छिन् ।

“द पोएट आइडल”को दोस्रो सिजनको फाइनल चरणमा प्रवेश गर्न सफल बनेकी छिन् । अन्तिम चरणमा अहिले चार प्रतिस्पर्धी छन् जस मध्यका एक हुन् डा. मुस्कान पोख्रेल । अब पोख्रेलको जित भने भोटमार्फत हुनेछ ।

विजेताले नगद १० लाख रुपैयाँ सहित ट्रफी उचाल्ने छन् । पूरापुरी तीन महिनामा ३० शृङ्खलासम्म प्रसारण भएको आइडलको आगामी जेठ १२ गते शनिबार बिजेता घोषणा हुँदै छ। अहिले पोख्रेलसँगै अन्य तीन प्रतिस्पर्धीहरु रहेका छन् ।

मुस्कान पोख्रेललाई भोट गर्न आफ्नो मोबाईलमा OSR connect एप डाउनलोड गरि त्यसपछि The Poet Idol क्लिक गरि त्यसपछि मुस्काल पोख्रेलको फोटोमा क्लिक गरेर भोट गर्न सकिन्छ । विदेशबाट खल्ती र इ-सेवाबाट समेत भोट गर्न सकिन्छ । 

डाक्टर बनेकी मुस्कान लाई जागिरका लागि काठमाडौँको रिदम अस्पतालमा अन्तर्वार्ता दिए पछि जागीर पक्का भयाे । तर मुस्कान कविता काे बाटो मा पनि सँगै लिएर हिनिरहेकी थिएन। जागीर भन्दा कविताकै बाटोमा हिँड्ने सोचिन। जेठ १२ गते प्रतिस्पर्धाको अन्तिम नतिजा घोषणा हुनेछ। कविताको ‘रियालिटी सो’मा सहभागी हुने योजना उनले अघिल्लो वर्ष मात्र बनाएकी हुन्। पोयट आइडल’को पहिलो सिजनमा मुस्कान त्यसको दर्शक मात्र भइन्। त्यहाँ उनका विदेशी साथी थिए। नेपालीमा भनिएका कविता अंग्रेजीमा उल्था गरेर मुस्कान साथीलाई सुनाउँथिन्। भन्थिन्, ‘हेर त, मेरो देशमा कविताको रियालिटी सो भइरहेको छ। प्रतियोगीहरूले कति राम्रा कविता सुनाइरहेका छन्।’ 

पहिलो सिजन सकिँदासम्म उनले अठोट गरिसकेकी थिइन्, ‘दोस्रो सिजन भयो भने भाग लिन्छु।’ बंगलादेशमा चिकित्सा अभ्यास गर्दै गर्दा मुस्कानलाई बिरामीको मानसिक स्वास्थ्यसम्बन्धी विषयले निकै छुन्थ्यो। त्यसैले यो विषयमा उनले थुप्रै कविता लेखिन्। भन्छिन्, ‘म धेरै नबोल्ने तर अरूको दुःखले दुखाइरहन्थ्यो, अनि कविता लेख्थेँ।’ 

मुस्कान कविता लेख्थिन्, गीत लेख्थिन्। उर्दुभाषी साथीहरूको संगतले सायरी लेख्थिन्। तर, उनलाई लाग्थ्यो, ‘म कहीँ गएर मेरा सिर्जना सुनाउन सक्दिनँ।’उनी केवल आफ्नो मन शान्त पार्न कविता लेख्थिन्। प्रतियोगिताको उपाधिका लागि अन्तिम प्रतिस्पर्धामा रहेकी मुस्कान भन्छिन्, ‘उपाधि कसले उचाल्ला थाहा छैन। मलाई यो मञ्चले उपाधिभन्दा ठूलो कुरा दिएको छ। त्यो हो आफैँमाथिको विश्वास।’आफ्नै परिवारसँग पनि खुलेर नबोल्ने मुस्कानले रियालिटी सोमा आएपछि अर्को परिवार पाइन्। यो परिवार उनलाई सुन्दर लाग्छ। 

सुरुमा त मुस्कानलाई लागेको थिएन, द पोयट आइडलको सेटमा लामो यात्रा होला। जहाँसम्म पुगिन्छ खुसीले हिँड्छु भन्नेमा थिइन्। बिस्तारै उनलाई सो छोड्न नपरे हुन्थ्यो भन्ने लाग्न थाल्यो। तर त्यहाँ पाउने नाम र चर्चाको लोभले होइन। मुस्कान भन्छिन्, ‘जित्नु छ, मैले हारेँ भने के हुन्छ भन्ने आएन। सँगैको अर्को साथी शोबाट बाहिरिँदा मन भारी हुन्थ्यो। मलाई यो परिवार छोड्न नपरे हुन्थ्यो जस्तो लाग्थ्यो। आइडल परिवार छोड्न मन नलागेर नै यहीँ बसिरहन मन हुन्थ्यो।’

यो यात्रामा मुस्कानले केही कविता आफूले देख्दै नदेखेको, नभोगेका विषयमा पनि लेखिन्। सुरुवाती दिनमा उनलाई जजहरूले दिएको विषयवस्तुमा बाँधिएर लेख्न सकस भएको थियो। तर बिस्तारै बानी पर्दै गयो। आइडलको अन्त्यमा आइपुग्दा मुस्कानलाई लागेको छ, ‘यति राम्रो अर्को यात्रा कहाँ हुन्छ होला फेरि!’

मुस्कान प्रतियोगिताको अन्त्यतिर आइपुग्दा बटम ४ मा परिन्। उनले ‘आशुकवि’ राउन्डमा रहेर २० मिनेटमा कविता लेखिन्। त्यसपछि उनको टप ४ यात्रा सुरु भएको हो। भन्छिन्, ‘रियालिटी सोमा भोटकै कारण सम्भावना भएको प्रतिभा नबाहिरियोस् भनेर यस्ता राउन्ड राखिएको रहेछ। पैसा लगानी गर्नेले पनि क्षमतामाथि लगानी गर्ने हो।’

मुस्कानले जिन्दगीको धेरै लामो यात्रा त तय गरेकी छैनन्। भर्खर २ दशक उमेर पार गरेकी मुस्कान ७ वर्ष विदेश बसिन्। देशमै पनि कति साथीलाई आफ्नो आमाको नाम थाहै थिएन। छोराछोरीको पहिचानमा बुवाको परिचय गाँसिएर आउने तर आमाको नाम रोज्नु पर्ने अवस्थाले मुस्कानको मन दुखाइरहेको हुन्थ्यो। मुस्कान भने आफ्नी आमाको नामबाट चिनिन चाहन्थिन्। 

‘मलाई मेरो ममी इन्दिरा पोखरेलको नामले चिनिन मन थियो। म थोरै भए पनि तपाईंले गर्व गर्नलायक छोरी भएँ होला,’ उनले भनिन्। त्यसपछि मुस्कान बोल्न सकिनन्। 

बुधबार भएको भेटमा मुस्कान सुनाइरहेकी थिइन्, आमाका रहर। उनकी आमाले १२ कक्षासम्म पढेकी छिन्। लामो समय अध्यापन गरेकी छिन्। नाच्न र गाउनमा आमाको रुचि छ। तर, कहिल्यै भनिनन्, ‘मेरो यो रहर थियो।’ 

मुस्कान भन्छिन्, ‘आमा त हामी खुसी भएको हेरेरै खुसी भइरहनु भयो। हाम्रा सपनाका निम्ति दौडिनुभयो। आमाहरू यस्तै हुँदारहेछन्। मेरो जिन्दगीमा बाबाममीको बराबर सपना छन्। तर, मलाई ममीको नामबाटै चिनिनु थियो।’

मुस्कानको यो रहर आजको होइन। तर, यो भन्ने आँट र हिम्मत भने दि पोइट आइडलको यात्राले दिएको मुस्कान बताउँछिन्। मुस्कानलाई यहाँ आउनुअघि आफू कतै भड्किरहेको रहेछु भन्ने लाग्छ। भन्छिन्, ‘यहाँ आएपछि मैले आफूलाई चिन्ने मौका पाएँ। नत्र त म केही गर्न सक्दिनँ भन्ने लागिरहन्थ्यो। मलाई थाहा थिएन, मेरो जन्म किन भएको हो। मैले आफू केका लागि जन्मिएको रहेछु भन्ने कुरा यहीँ आएर बुझेको छु।’

मुस्कानले कविता लेख्न थालेको स्कुलदेखि नै हो। कक्षा ५ तिर पढ्दा हुनुपर्छ, एक दिन उनले आफ्नै कोर्सबुकको कविता ‘परिश्रमी छु म खेतीवाला’ लाई नक्कल गरेर ‘परिश्रमी छु म विद्यावाला’ बनाइन्। यही कविता स्कुलका प्रिन्सिपल गोविन्द बुढाथोकीलाई देखाइन्। स्कुलमा कम्प्युटर साइन्स पढाउने गोविन्द साहित्यमा पनि रुचि राख्थे। उनले भने, ‘यसरी कपी गरेर लेख्नु हुँदैन। म तिमीलाई कविता लेख्न सिकाइदिन्छु।’ गोविन्दले सिकाएपछि मुस्कानले पहिलोपटक आफ्नै मनले ‘गुन्द्रुक’ शीर्षकको कविता लेखिन्। 

 

अहिले मुस्कानलाई थाहा छैन, त्यो कवितामा उनले के लेखेकी थिइन्। तर, त्यसपछि उनले चुपचाप थुप्रै कविता लेखिन्। आफ्ना कुरा प्रस्ट भन्न नसक्ने मुस्कानले कवितामा भावना अभिव्यक्त गरिन्। मुस्कानलाई अहिले हेर्न मन छ, स्कुल पढ्दा कस्तो थियो उनको मन। तर, उनले डायरीभरि लेखेका कविता धादिङबाट काठमाडौँ पस्दा उतै कतै छुट्यो। 

कोटेश्वरको सीसीआरसी कलेजबाट १२ कक्षा पास गरेपछि उनी एमबीबीएस पढ्न बंगलादेश गइन्। उनले कविता लेखेको कुरा कहिल्यै बुवा–आमालाई सुनाइनन्। पोयट आइडलमा उनका कविता सुनेर उनका बुवाआमा भन्छन्, ‘यति धेरै कविता लेख्ने रहिछौ, कहिले लेख्छु पनि भनिनौ त!’  

पोयट आइडलको यो सिजन सकियो। अब अन्तिम नतिजा घोषणा हुन मात्रै बाँकी छ। मुस्कान उत्कृष्ट ४ मा छिन्। उनीसँगै सुकिता राई, मोहित जोशी र विजय लुइँटेल उपाधि भिडन्तमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

तनहुँका ४५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध
तनहुँका ४५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध

मंसिर २३, २०८१

कस्तो प्रेम थियो मन पराएको ६५ वर्ष पछि प्रेम प्रस्ताव
कस्तो प्रेम थियो मन पराएको ६५ वर्ष पछि प्रेम प्रस्ताव

फागुन ०७, २०८०

केछ त्यो हृदयस्पर्शी प्रेम-पत्र मा जुन आज प्रणय दिवस मनाइन्छ
केछ त्यो हृदयस्पर्शी प्रेम-पत्र मा जुन आज प्रणय दिवस मनाइन्छ

फागुन ०२, २०८०

कवि प्रचण्ड भाष्कर युवावस्थामै अस्ताए
कवि प्रचण्ड भाष्कर युवावस्थामै अस्ताए

कात्तिक १०, २०८०

ताजा अपडेट

  • भोली साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाकाे सम्भावना

    भोली साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाकाे सम्भावना

  • घुससहित पक्राउ परेका प्रनानि बुढाथोकी विरुद्ध मुद्दा दायर

    घुससहित पक्राउ परेका प्रनानि बुढाथोकी विरुद्ध मुद्दा दायर

  • विपद् जोखिम न्यूनीकरणका प्रयास समुदाय स्तर सम्म पुर्‍याउनु पर्छ: गृहमन्त्री

    विपद् जोखिम न्यूनीकरणका प्रयास समुदाय स्तर सम्म पुर्‍याउनु पर्छ: गृहमन्त्री

  • जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

    जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

  • अन्तरिक्षबाट देख्न सकिन्छ इतिहासको सबैभन्दा ठूलो तीर्थयात्रीका लागि भारतकाे तयारी पुरा

    अन्तरिक्षबाट देख्न सकिन्छ इतिहासको सबैभन्दा ठूलो तीर्थयात्रीका लागि भारतकाे तयारी पुरा

  • भारतले नेपालकाे १ हजार विघा जग्गा मिचेकोमा झलनाथ खनाल काे आपत्ति सरकारलाई छैन मतलव

    भारतले नेपालकाे १ हजार विघा जग्गा मिचेकोमा झलनाथ खनाल काे आपत्ति सरकारलाई छैन मतलव

  • पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी

    पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी

  • सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु

    सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु