राजनीति

सहकारी प्रकरण संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री तयार


erastriya बिहीबार, जेठ ०३, २०८१

प्रमुख प्रतिपक्षको माग अनुसार कसैको नामै तोकेर नभई विषयमात्र उल्लेख गरेर संसदीय छानबिन समिति गठन गर्ने तयारी भइरहेको बताइएको छ ।आज बिहान शीर्ष नेतृत्व तहमा भएका छलफलहरूपछि यस्तो तयारी भएको बताइएको छ । 

सत्तारुढ दलका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच बिहान यसै विषयमा छलफल भएको थियो । सभामुख देवराज घिमिरेले पनि नेताहरू र प्रमुख सचेतकहरूसँग यही विषयमा केन्द्रित रहेर संसद्को अवरोध खोल्न छलफल गरेका थिए । 

प्रधानमन्त्री दाहालले नेताहरूसँगको छलफलपछि प्रमुख प्रतिपक्षी दललाई समिति गठन गर्ने सम्भावना रहेको भनेर जानकारी दिएका छन् । तर, अपराह्न चार बजे बस्ने बैठकमा गृहमन्त्रीलाई बोल्न दिने र अवरोध नगर्ने, त्यसपछि छानबिन समितिको टुङ्गो लगाउने बताएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको विपक्षी दल र न्यायालय लक्षित तीखो आलोचनाले सहमतिको वातावरणमा नकारात्मक असर परेको प्रधानमन्त्री निकट सूत्रले बताएको छ । एमाले संसदीय दलको बैठकमा ओलीले बुधबार नेपाली कांग्रेस र सर्वोच्च अदालतको नामै लिएर कडा टिप्पणी गरेका थिए । उनको त्यो अभिव्यक्तिले प्रधानमन्त्री दाहाल नै अप्ठेरोमा परेको बताइएको छ ।

प्रमुख प्रतिपक्षले अहिलेसम्म आफ्नो अडानमा हेरफेर गरेको छैन । नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले आफ्नो पार्टीका अडान यथावत् नै रहेको बताए ।

एमालेका सांसद सूर्य थापाले अर्बौँ रुपैयाँ अपचलन भएको सहकारीको विषयमा छानबिन हुनुपर्छ भनेर आफूले चैतमै संसदमा बोलिसकेको स्मरण गर्दै कुनै व्यक्तिको नाम उल्लेख गर्न आवश्यक छैन तर समिति बन्नुपर्छ भने ।

सहकारीको बचत अवैध अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम मुछिएकोमा अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् बैठक अवरोध गर्दै आएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल
पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

१ घण्टा अघि

राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देनविरुद्ध मोर्चाबन्दी
राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देनविरुद्ध मोर्चाबन्दी

२ घण्टा अघि

डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण
डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

२३ घण्टा अघि

नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र
नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र

असार २३, २०८२

ताजा अपडेट

  • पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

    पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकार…

  • अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

    अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

  • राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देनविरुद्ध मोर्चाबन्दी

    राप्रपामा आन्तरिक विवाद, धवलशम्शेरको नेतृत्वमा लिङ्देन…

  • एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्बजनिक

    एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्र…

  • डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

    डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे …

  • फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

    फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

  • नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोबार

    नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोब…

  • पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र कुवेत

    पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र …