कानुन

सन्दीप ले पाए सफाइ, जिल्ला अदालतको फैसला बदर अब विश्वकप खेल्न पाउने


erastriya बुधबार, जेठ ०२, २०८१

निलम्बित क्रिकेटर सन्दीप लामिछानेबारे जिल्ला अदालत काठमाडौंको फैसलालाई उच्च अदालत पाटनले उल्ट्याइदिएको छ । मंगलबार र बुधबारको सुनुवाइपछि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले लामिछानेको मुद्दामा जिल्ला अदालतको फैसलालाई बदर गरेको हो । योसँगै लामिछानेले बलात्कार अभियोगमा सफाइ पाएका छन् । 

१३ पुस २०८० मा जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोगमा दोषी ठहर गरी २५ पुसमा सन्दीपविरुद्ध ८ वर्ष जेल सजाय, पीडितलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति र २ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । जाहेरवालाको आंशिक दाबी पुग्ने जिल्ला अदालतको ठहर थियो । उक्त फैसलालाई चुनौती दिँदै सन्दीप उच्च अदालत पुगेका थिए । उच्चले सन्दीपको पक्षमा फैसला गरेको हो । सन्दीपलाई सफाइ दिन उच्च अदालतले केलाई आधार मान्यो खुल्न बाँकी छ । 

उच्च अदालतमा ११ फागुन २०८० मा सन्दीपको निवेदन दर्ता भएको थियो । त्यसयता पाँचपल्ट पेसी तोकिए पनि जेठ १ र २ गतेको सुनुवाइपछि फैसला आएको हो । 

उच्चको फैसलासँगै सन्दीपको क्रिकेट करिअर जोगिएको छ । सफाइ पाएसँगै उनको निलम्बन फुकुवा हुनेछ भने अब विश्वकप खेल्न पनि पाउनेछन् । तर, गौशाला २६ सँग सर्वोच्च अदालत जाने विकल्प बाँकी नै छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह
खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

भदौ १६, २०८१

सर्वोच्च अदालतको निर्णय: शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन
सर्वोच्च अदालतको निर्णय: शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन

साउन २३, २०८१

कुलमान घिसिङका दुई सारथी कपिल र भक्तबहादुर लाई सरकारले पदमुक्त गरेको छ
कुलमान घिसिङका दुई सारथी कपिल र भक्तबहादुर लाई सरकारले पदमुक्त गरेको छ

साउन २०, २०८१

पुष्कर खतिवडा माथि अनुसन्धान गर्न प्रहरीले लियाे थप ३ दिन म्याद
पुष्कर खतिवडा माथि अनुसन्धान गर्न प्रहरीले लियाे थप ३ दिन म्याद

साउन १७, २०८१

ताजा अपडेट

  • अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

    अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

  • अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने  काम नगर्ने प्रतिबद्धता

    अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने काम नगर्ने प्रतिबद्धता

  • गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

    गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

  • ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

    ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

  • खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

    खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

  • ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

    ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

  • गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

    गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

  • नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति

    नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति