कानुन

सन्दीपको मुद्दाकाे पेसी पहिलो नम्बरमा, आजै ‘फाइनल’ हुने सम्भावना


erastriya आइतबार, बैशाख २३, २०८१

बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदन सुनुवाइ गर्न आज (आइतबार) का लागि पेसी तोकिएको छ। यसअघि तीनपटक पेसी तोकिएर पनि ‘फाइनल’ हुन नसकेको सो मुद्दा आज भने पेसी सूचीमा पहिलो नम्बरमै परेकाले सुनुवाइ हुने सम्भावना बढी रहेको सन्दीप पक्षका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिए।  

‘आज सन्दीपको मुद्दा पेसीको पहिलो नम्बरमै परेको छ’, अधिवक्ता घिमिरेले नेपालखबरसँग भने, ‘आज कुनै शक्तिले प्रभावित पारेन भने पक्कै सुनुवाइ हुन्छ। र, कुनै प्रमाण बुझ्न पनि बाँकी नरहेकाले फैसला नै हुने विश्वास छ।’ वैशाख ३ गतेको पहिलो पेसीमा उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले किशोरीले दोस्रोपटक जन्मदर्ता बनाउँदा गाउँपालिकामा दिएको निवेदन माग्न आदेश दियो।

त्यसपछि वैशाख १० गते उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा पेसी तोकिए पनि सन्दीपको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखियो।  फेरि वैशाख १६ गते न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा पेसी त तोकियो तर समय अभाव भन्दै मुद्दा सुनुवाइ गरिएन।   

बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष जेल सजायको फैसला गरेको छ। सोप्रति असहमति जनाउँदै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन्। 

त्यसो त उता पीडित पक्षका तर्फबाट पनि किशोरी नाबालिग नै रहेको जिकिर गर्दै अझै बढी सजाय हुनुपर्ने माग राखेर पुनरावेदन गरिएको छ। 

उच्च अदालत पाटनले दुवै पक्षको पुनरावेदन सँगै राखेर एकसाथ सुनुवाइ गर्न लागेको हो। 

यसबीच सन्दीपले आफूलाई षड्यन्त्रमा फसाइएको र यसमा संलग्नहरूको नाम सार्वजनिक गर्ने दाबी पनि गरेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह
खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

भदौ १६, २०८१

सर्वोच्च अदालतको निर्णय: शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन
सर्वोच्च अदालतको निर्णय: शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन

साउन २३, २०८१

कुलमान घिसिङका दुई सारथी कपिल र भक्तबहादुर लाई सरकारले पदमुक्त गरेको छ
कुलमान घिसिङका दुई सारथी कपिल र भक्तबहादुर लाई सरकारले पदमुक्त गरेको छ

साउन २०, २०८१

पुष्कर खतिवडा माथि अनुसन्धान गर्न प्रहरीले लियाे थप ३ दिन म्याद
पुष्कर खतिवडा माथि अनुसन्धान गर्न प्रहरीले लियाे थप ३ दिन म्याद

साउन १७, २०८१

ताजा अपडेट

  • अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

    अखिल क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न

  • अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने  काम नगर्ने प्रतिबद्धता

    अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन नेपालको शिर निहुरिने काम नगर्ने प्रतिबद्धता

  • गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

    गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

  • ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

    ओलीलाई बालेनको जवाफ : कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू नत्र तपाई जस्तै होलान!

  • खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

    खड्क प्रसाद ओली ज्यू एमालेकी सांसद ले बाल शोषण गरेको छ समाउने ? कि नसमाउने : बालेन शाह

  • ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

    ओली ले चौथो वरियता लाई मुख्य सचिव बनाए पछि पहिलो र दोश्रो वरियताका ले दिया राजीनामा

  • गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

    गौरापर्व काे दिन टुडिखेल बाट पक्राउ गरेका युवा लाई रिहाई गर्न क्रान्तिकारीको खबरदारी

  • नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति

    नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति