खेलकुद

एसिया कप नेपालले भारतसँग श्रीलंकामा खेल्ने !


erastriya मंगलबार, जेठ ३०, २०८०

एसिया कप २०२३ र एकदिवसीय विश्वकप क्रिकेटलाई लिएर भारत र पाकिस्तान क्रिकेट बोर्डबीचको विवाद समाधान हुने अवस्थामा पुगेकाे बताइएको छ । यी दुई प्रतियोगिताको सन्दर्भमा दुई देश प्रत्यक्ष आमनेसामने भएनन् तर एसीसी र आइसीसीका प्रतियोगिताहरू यी दुई देशबीचको तनाव कम गर्ने भूमिकामा देखिएका छन् ।

हालसम्म दुवै प्रतियोगितामा पाकिस्तानको सहभागिताबारे केही स्पष्ट छैन तर भारतीय सञ्चारमाध्यमहरूका अनुसार यो समस्या समाधान हुने बाटोमा छ ।

बीसीसीआई सचिव जय शाहको नेतृत्वमा रहेको एसियाली क्रिकेट काउन्सिलले एसिया कपका लागि पीसीबीको हाइब्रिड मोडललाई अनुमोदन गर्ने सम्भावना छ। यस्तो अवस्थामा पाकिस्तानसहित अन्य टोलीले आफ्नो खेल पाकिस्तानमै खेल्नेछन् । त्यस्तै, भारतीय टोलीका खेलहरू श्रीलंकाको गाले र पल्लेकेले मैदानमा हुनेछन्। योसँगै पीसीबीले भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा आफ्नो टोली पठाउने सहमति गरेको छ ।

एसीसीले मंगलबार एसिया कप आयोजनाको औपचारिक घोषणा गर्न सक्नेछ । हाइब्रिड मोडलको आधिकारिक स्वीकृतिले पाकिस्तानी टोलीलाई अक्टोबर-नोभेम्बरमा हुने एकदिवसीय विश्वकपका लागि भारत भ्रमण गर्ने बाटो खुला गर्नेछ। पाकिस्तानी टोली अहमदाबादमा पनि खेल्न तयार छ ।

एसिया कप आयोजनाको समस्या समाधान गर्ने जिम्मा एसीसी कार्यकारी बोर्डका सदस्यलाई दिइएको छ । ती सदस्यमा ओमान क्रिकेट बोर्डका प्रमुख पंकज खिम्जी पनि थिए । धेरै देशहरूले हाइब्रिड मोडेल चाहँदैनन्। तर, अहिलेसम्म लाहोरको गद्दाफी स्टेडियममा चार खेल हुनेछन्, जसमा भारतीय टोलीले खेल्ने छैन । यी खेलहरू हुन्– पाकिस्तान विरुद्ध नेपाल, बंगलादेश विरुद्ध अफगानिस्तान, अफगानिस्तान विरुद्ध श्रीलंका र श्रीलंका विरुद्ध बंगलादेशका हुने छन् ।

‘भारत र पाकिस्तानबीचका दुई खेल र सुपर फोरका अन्य सबै खेल पल्लेकेले वा गालेमा हुनेछन्,’ एसीसी बोर्डका एक सदस्यले नाम न छाप्ने सर्तमा  भारतीय मिडियालाई भने। एसिया कप सेप्टेम्बरमा हुने अपेक्षा गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार जब आईसीसीका सीईओ जियोफ एलार्डिस र अध्यक्ष ग्रेग बार्कले पीसीबी अध्यक्ष नजम सेठीलाई भेट्न कराँची गएका थिए, पाकिस्तानले भारतमा हुने विश्वकप खेल्न कुनै शर्त नराख्ने निर्णय गरेको थियो। एसिया कप पाकिस्तानमा हुँदैछ । किनभने, यो प्रतियोगिता आयोजना गर्ने अधिकार पीसीबीसँग छ।

एसिया कपमा नेपाल भारत र पाकिस्तानको  समूहमा रहेको छ । नेपालले भारतसँगको खेल श्रीलंकामा गएर खेल्दा पाकिस्तानसँगकाे खेल खेल्न पाकिस्तानको भ्रमण गर्नु पर्ने हुन सक्छ ।

एसिया कपमा पाकिस्तान र भारतबीच दुई खेल हुने तय भएको छ भने दुवै टोली फाइनलमा पुगे तेस्रो खेल हुनेछ । यी दुई देशबीचको खेलले प्रशारणकर्तालाई मनग्य आम्दानी गर्छ र यदि पाकिस्तानले खेलेको छैन भने एसिया कपको मिडिया अधिकारको लागत आधा हुने थियो र यसले एसीसीलाई ठूलो नोक्सान हुने थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह
त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

चैत ०६, २०८१

साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक
साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

चैत ०४, २०८१

प्रथम आइजिपी कप पुरूष क्रिकेट प्रतियोगिता सुरू
प्रथम आइजिपी कप पुरूष क्रिकेट प्रतियोगिता सुरू

फागुन २७, २०८१

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी
प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

फागुन २६, २०८१

ताजा अपडेट

  • त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

    त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानम…

  • दिक्तेल रुपाकोट को मेरुङमा भेटियो विश्वमा दुर्लभ मानिएको रेडपाण्डा

    दिक्तेल रुपाकोट को मेरुङमा भेटियो विश्वमा दुर्लभ मान…

  • गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने प्रदेश सरकारको प्रतिबद्धता

    गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने प्रदेश सरकारको प्…

  • साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

    साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

  • सिञ्जा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्न अध्ययन गरिँदै

    सिञ्जा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्न अध्ययन गरिँदै

  • करिब बीस करोड रकमसहित एक जना पक्राउ

    करिब बीस करोड रकमसहित एक जना पक्राउ

  • पूर्व विशिष्टलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छ : गृहमन्त्री लेखक

    पूर्व विशिष्टलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त …

  • ‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

    ‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने